२०८१ चैत्र २४ गते, आईतवार १८:१४

hवीरगंज, २७ चैत्र। मधेश प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दीकी श्रीमती जुलेखा खातुन सरकारी गाड़ी चढ़ी भोट माग्न थालेपछि नैतिकवान कार्यकर्ताहरूले धमाधम जसपा परित्याग गर्न थालेका छन् ।

मुख्यमन्त्री मोहम्मद गद्दीकी पत्नी खातुनले मुख्यमंत्रीको पैतृक गाउँ पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनी सरकारी गाडी चढेर भोट माग्दै हिंड्न थालेपछि बिसमिला खातुन जसपा छोडेर माओवादीमा प्रवेश गरेकी हुन् ।

ज १ झ ४७० नम्बरको गाड़ीमा उनले विगत ६ महिनादेखि आफू जसपाबाट गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार रहेको भन्दै भोट माग्दै हिंडेको देखेर पार्टीका ईमानदार नेता कार्यकर्ताहरू पार्टी प्रति रुष्ट बनेका छन् ।

जसपा परित्याग गरि माओवादी प्रवेश गरेकी खातुन जगरनाथपुरकी निर्वाचित गाउँपालिका उपाध्यक्ष हुन् ।

जनता समाजवादी पार्टीमा संस्थागत विचारको ठाँउमा व्यक्तिवादी सोच हावी रहेको भन्दै जिम्मेवार नेता, कार्यकर्ताहरू पार्टी परित्याग गरि अन्य दलमा प्रवेश गर्नेको लर्को नै लागेको छ ।

मुख्य मन्त्री मोहम्मद लालबाबु राउत गद्दीले पार्टीलाई व्यक्तिवादी, परिवारवादी बनाएको, ईमानदार नेता कार्यकर्ताहरूलाई बेवस्ता गरेको, जनभावना विपरीत कार्यहरू गर्न थालेपछि असन्तुष्ट भएका पर्सा जिल्लाका ६ वटा स्थानीय तहका उपाध्यक्षहरू जसपा परित्याग गरि विभिन्न पार्टीमा प्रवेश गरेका छन् ।

जगरनाथपुर गाउँपालिका उपाध्यक्ष विश्मिल्लाह खातुन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन भने, धोबिनीका उपाध्यक्ष पारस प्रसाद कुर्मी नेकपा एमालेमा, सखुआ प्रसौनीकी उपाध्यक्ष फूलमती चौधरी एमालेमा, कालिकामाई राजेश चौरासिया लोसपामा, पकाहा मैनपुर कुसमी देवी लोसपामा,

त्यस्तै जगरनाथपुर गापा वडा नम्बर-६ निवासी ३ (ख) जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि मुख्यमन्त्री राउतको व्यक्तिवादी चरित्रका कारण पार्टी परित्याग गरेका छन् भने जगरनाथपुर वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष रामअयोध्या प्रसाद कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष निकटतम प्रतिद्वन्द्वी पार्टी जिल्ला सदस्य राजेश यादव, छिपहरमाईका राजबली यादव, धोबिनी-२ का वडा अध्यक्ष नन्दलाल कुर्मी, बोर्ड सदस्य सरोज देवी ब्राह्मण, जीरा भवानी गाउँपालिका वडा अध्यक्ष सुभाष सिंहलगायतले पार्टी परित्याग गरि विभिन्न पार्टीमा प्रवेश गरेका छन् ।

यसअघि पनि पार्टीका पर्सा जिल्ला केन्द्रिय नेताहरूको गलत रवैया र हर्कतबाट पीड़ित बनेका वीरगंज महानगरका मेयर विजय सरावगी समेत वडाध्यक्षहरू जसपा परित्याग गरि एमाले प्रवेश गरेका थिए ।

सोही क्रममा मुख्यमन्त्री मोहम्मद गद्दीको हालको वासस्थान वीरगंज-१३ निवासी जसपा वीरगंज महानगर समितिका उपाध्यक्ष शेख रुस्तम पनि शनिवार एउटा भव्य कार्यक्रममा दलबल लिएर सोही वडाबाट निर्वाचित महिला सदस्य विगन देवीसहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसमा प्रवेश गरेका रुस्तमले जसपामा इमान्दार कार्यकर्ताको कुनै भ्यालु नभएको परिवारवाद र नातावाद हावी भएको आरोप लगाईरहेका छन् ।

मुख्यमन्त्री मोहम्मद गद्दीका भाई मोहम्मद रामबाबू राउत, पत्नी जुलेखा खातुनलगायतले सरकारी गाड़ी दुरुपयोग गरि घरदैलो, चुनावी अभियान संचालन गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा