Friday, November 29, 2024
घरक्राइम चेकदेउवा सरकारलाई बदनाम गराउँदै एसपी देउवा

देउवा सरकारलाई बदनाम गराउँदै एसपी देउवा

बारा, १७ चैत्र/

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारलाई नै बाराका एसपी दिलिप सिँह देउवाले बदनाम गराउँदै हिंडेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजू देउवा, स्वकीय सचिव भानु देउवाको सोर्समा बारा आएका एसपी देउवाले अहिले तस्करीको लाईन खुलाउनुको साथ साथै तस्करीबाट आएको रकमबाट एमाले पत्रकारहरुलाई पालेर देउवाले सरकार र काँग्रेसलाई नै बदनाम गराएको जिल्लाका काँग्रेसी नेताहरुले भन्दै हिडेका छन्।

एपसी देउवाले यतिसम्म तस्करीबाट रकम असुल्न रौतहट घर भएका एमालेका नेता प्रभु साहका लठैत रहेका फतुवा बिजयपुर नगरपालिका-१ बैरगनिया निवासी बिन्दा साह कलावरका छोरा प्रहरी जवान संजय जैसवाललाई प्रयोग गर्दै आएका छन्।

बारामा घुमुवा बसेर तस्करसँग व्यापक रकम असुली गरेको गुनासोको आधारमा प्रहरी प्रधान कार्यालयले केही दिन पहिला जैसवाललाई ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा सरुवा गरेको थियो।

क्राइम ब्रान्चमा बसेर रकम असुली गर्दै प्रहरी जवान संजय जैसवाललाई दंगामा नपठाएर बारामै रोकेर तस्करसँग रकम असुली गराउने कार्यमा बाराका प्रहरी प्रमुख दिलिप सिँह देउवाले खटाएको देखेर बाराका काँग्रेसीहरु आफै लज्जित भएको भन्दै हिडेका छन्।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशमा बारामा डिआजी र एसपीको लागि क्रमईम ब्रान्चमा बसेर रकम असुली गर्दै आएका जैसवाललाई चैत १३ गते बाराबाट रवाना दिएर दंगामा हाजिर हुन पठाइएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती आरजू देउवा, स्वकीय सचिव भानु देउवाको धाक गराउँदै दंगामा बाराबाट रवाना दिएर पठाइएका जैसवाललाई तस्करसँग रकम असुली गर्ने कार्यमा प्रयोग गर्न कै लागि जैसवाललाई बीच बाटोबाट बोलाएर घुमुवामा परिचालन गरेका बाराका एक प्रहरी अधिकृतले बताएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक संकलन कार्यमा खटाउँदै आएको प्रहरी जवान संजय जैसवाललाई दंगा नियन्त्रण गणमा पठाउने नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशको अवज्ञा गरेको समाचार विभिन्न सन्चार माध्यमहरुमा केही दिन पहिला आएको थियो।

प्रहरी महानिरीक्षक क्षेत्रीले चैत ११ गते घुमुवा जैसवालाई बाराबाट हटाएर धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा पठाउने आदेश गरेका थिए ।

आईजीपी को आदेशमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले संजय जैसवाललाई दंगामा काज सरुवा गरेको पत्र जिल्ला प्रहरी कार्यालय बारामा पठाएको थियो ।
जैसवालाई दंगा नियन्त्रण गणमा पठाउनुको साट्टो मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले चैत १० गतेको मितिमा निवेदन दिएर १० दिनको बिदा दिएका छिन्।

आईजिपी केही दिनमा अवकाश भएपछि तिमीलाई कसैले केही गर्न नसकिने भन्दै बिदा दिएर तिमीले गर्दै आएको कामहरु गर भनेर डिआईजी उमेश रंजितकार र एसपी देउवा साहेबबाट नै आदेश आए पछि जैसवाललाई दंगामा नपठाउन घुमुवामै राखिएको घटना सार्वनिक भए पछि चैत १३ गते प्रहरी प्रधान कार्यालयको अर्को आदेशमा घुमुवा जैसवाललाई बाराबाट रवाना दिएर दंगामा पठाइएको थियो।

जैसवालले रवाना लिए पछि १२ घण्टा भित्रमा धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा हाजिर हुनुको साट्टो अहिले वीरगंजमा बसेर बाराबाट तस्करी गर्ने तस्करसँग रकम उठाउने काममा एसपी देउवाले नै लगाएका जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले बताएका छन्।

धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बाराबाट रवाना लिएका प्रहरी जवान संजय जैसवाल दंगामा हाजिर हुन नआएको बताएका छन्।

फुयालले रवाना दिए पछि १२ घण्टामा हाजिर हुनु पर्ने हो तर जैसवाल एक दुई दिनमा हाजिर हुन आउने सकिने सम्भावना रहेको बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -