Wednesday, November 27, 2024
घरसमाचारराजनीतिराष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व रानी कोमलको जन्मदिनमा विविध कार्यक्रम (भिडियो र...

राष्ट्रिय प्रजातन्त्र दिवस र पूर्व रानी कोमलको जन्मदिनमा विविध कार्यक्रम (भिडियो र फोटोसहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ फाल्गुण/७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस एवं पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकारको शुभ जन्मोत्सव विविध कार्यक्रम गरि वीरगंजमा मनाइएको छ ।


राष्ट्रिय नागरिक संघर्ष समिति तथा नेपाल राष्ट्रवादी शान्ति समूहले शनिवार प्रजातन्त्रका जनक राष्ट्रपिता श्री ५ त्रिभुवन वीर विक्रम शाहको तस्वीरमा पुष्पार्पण गरी श्रद्धासुमन व्यक्त गरेका थिए भने पूर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह सरकारको सु–स्वास्थ्य, दीर्घायु, अटल सौभाग्यको कामना गर्दै जन्मदिनको शुभकामना अर्पण गरेका थिए ।

राष्ट्रिय नागरिक संघर्ष समिति तथा नेपाल राष्ट्रवादी शान्ति समूहका अब्दुल सतार अंसारीको सभापतित्वमा भएको सो कार्यक्रमपछि सहभागीहरूले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, प्रजातन्त्र जिन्दावाद, नेता चोर देश छोड, एमसीसी चाहिंदैन देश बेच्न पाइँदैनलगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । श्रीपुरस्थित सम्झना होटलबाट शुरु भएको नगर परिक्रमा घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, घडिअर्वा हुँदै माइस्थान मन्दिर अगाडीको पार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्नु हुँदै सहभागी वक्ताहरूले देशको अस्मिता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रि एकता, समृद्धिको लागि शाहवंशीय राजाहरूले गरेको त्याग एवं बलिदानीको चर्चा गरेका थिए । राजसंस्था पुनस्र्थापना नहुने हो वा पुनस्र्थापनामा ढिलाई हुँदा पनि देशको अखण्डता र स्वतन्त्रता खतरामा रहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका हिरा बहादुर चन्द प्रमुख अतिथि, जेष्ठ नागरिक संघ पर्साका संस्थापक अध्यक्ष एवं समाजसेवी पशुपति विक्रम शाह दम्पत्ति विशिष्ट अतिथि, युनुस अंसारी, वीरेन्द्र थापा, अनु राणा, मोजामिल अंसारी, प्रल्हाद साह, शम्भु ठाकुर, कमल घिमिरे, राज किशोर चौबेलगायतको सहभागिता रहेको थियो ।

 

भिडियो हेरौं

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -