काठमाण्डौ, ६ फाल्गुण
नेपालमा एमसीसीको बिषयलाई लिएर चर्काचर्की परिरहेका बेला चीनले अमेरीकाले नेपालमा धम्कीको कुटनीति शुरु गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कुटनीतिु सुरू गरेको भन्दै चीनले प्रतिरोध गर्ने घोषणा गरेका हुन् ।
आज बेईजिगंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ्ले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्न सक्ने पनि स्पष्ट पारे ।
नेपाल राष्ट्र र जनताले छनौट गर्ने चाहनालाई छिमेकी साझेदार भएको नाताले चीनले सम्मान र समर्थन गर्ने पनि उनले स्पष्ट पारे ।
चीनको आडमा खास गरी माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास गर्न नमानेको भन्ने कोणबाट अमेरीकाले विभिन्न माध्यमबाट नेपालका नेताहरुलाई चेतावनी दिएको पृष्टभूमिमा चीनको यो प्रतिकृया आएको हो ।
केही समय अघि प्रचण्डसँग चीनीया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भर्चुअल छलफल गरेका थिए ।