Tuesday, November 26, 2024
घरसमाचारकोरोनाको लागि गरिएको प्रतिबन्ध विरुद्ध ३८ हजारले गरे एकसाथ प्रदर्शन

कोरोनाको लागि गरिएको प्रतिबन्ध विरुद्ध ३८ हजारले गरे एकसाथ प्रदर्शन

काठमाडौं, १४ भदौ/

कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौंले प्रदर्शन गरेका छन्।

दुई समूह बनाएर गरिएको प्रदर्शनमा ३८ हजारभन्दा बढी समभागी भएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीले मास्क नलगाई प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमध्ये ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

प्रदर्शनमा प्रदर्शनकारी मास्क बिना उपस्थित देखिएका थिए भने प्रहरीले मास्क लगाएका थिए।

जर्मनी कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये एक हो।

त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिवाना गर्ने नियम बिहीबार जारी गरेका छन्।

सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध आउँदो वर्षसम्मको निम्ति बढाइएको छ। मेर्केलले जाडो याममा सङ्क्रमणको चुनौती बढ्नसक्ने बताएकी छन्। एजेन्सी

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -