दिपेन्द्र गिरी ।
वीरगंज, ३० असोज ।
पर्सा जिल्लाको पर्सागढि नगरपालीका वाड नं– ३ स्थित रहेको आमो देबी क्यामपसको प्राड़गणमा नयाँ शक्ती पार्टी र समाजवादी पार्टीको नगरपालीका सतरीय समायोजन घोषण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्सागढि नगरपालीकाको समाजवादि पार्टीका संयोजक शेख खुरसेदको अध्यक्षतामा कार्यक्रम समपन भएको छ ।
पार्टी समायोजन किन गरीएको र समयोजनहुनुको कारण उदेशय बारे बरिष्ट जिल्ला सदस्य सुन्दर प्रसाद कुर्मीले प्रष्ट पार्नु भएको थियो । दुबै पार्टीको सिदान्त तथा बिचार एउटै रहेकोले एकिकरण गरीएको कुर्मीले बताउनुभयो । केन्द्र, प्रदेश, जिल्लामा एकिकरण भइसकेकोले अब नगरपालीका, गाउँपालीका स्तरीय समायोजन कार्य गरीएको छ ।
आजको समायोजन अनुसार नगरपालीका स्तरीय ४३ सदस्यी समितीको नामवलीको घोषण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए भने समितिका पदाअधिकारीहरूलाई सपत ग्रहरण जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादबले गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी सदस्य केन्द्रीय एवम प्रदेश सासंद प्रहलाद गिरी, विशिष्ट अतिथी केन्द्रीय सदस्य पुरषोतम झा, प्रदेश संसद सिंहासन साह, अतीथीहरू केन्द्रीय परिसद सदसय शिवजि सोनी, जिलला उपाअध्यक्ष बासुदेव प्रसाद यादब वाडा अध्यक्ष रामजी साह तेली, असलम आलम, युवा जागरण मन्चका अध्यक्ष शेख समसेद लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राधेशयाम यादबले गरेका थिए भने सहजिकरण अशोक प्रसाद यादबले गरेका थिए ।