Wednesday, November 27, 2024
घरसमाचारकृषिधानबालीकालागि अमृत वर्षा

धानबालीकालागि अमृत वर्षा

क्राइमचेक प्रतिनिधि/
वीरगंज/
असोज महिनाको पहिलो हप्तादेखिको मनसुन वर्षाले अन्नको भण्डार भनिने तराइ जिलमा धानबालीकालागि अमृत वर्षाको काम गरेको छ ।

धानको बाला फुट्ने बेलामा आएको मनसुन वर्षाले धानको उत्पादन वृद्धि गर्न ठूलो मद्दत गरेको छ । भाद्र ३०, ३१ र असोज १ गते मनसुन वर्षा नभएको भए धान वाली खडेरी र रोगको प्रकोपका कारण नराम्रोसँग विग्रिने अवस्थामा रहेको थियो ।

तराइका जिल्लाका खेतहरूमा पुराना प्रजातिका भन्दा हाइब्रिड (वर्णशंकर) प्रजातीका धानहरू, बढी रोपिएको छ । यस पटक पनि वर्षे धान बालीमा छर्ने रासायनिक मलको हाहाकार भयो । ढिलो मनसुन वर्षा भएपछि रोपिएको धान यसपाली राम्रो छ ।

धानबालीमा कतिपय स्थानमा रोग र किराको प्रकोप बढी देखिएको छ । किटनाशक औषधि प्रयोग नगरी धानबाली भित्र्याउन नै नसक्ने अवस्था छ । खडेरी, भारी वर्षा, रोगबाट धानबालीलाई जोगाउन कृषकहरू सधैं चिन्नत हुन्छन् ।

धानबालीलाई प्रशस्त पानी चाहिन्छ । सिंचाई सुविधा उपलब्ध नभएको ठाउँमा पम्पिङ सेट प्रयोग गरिन्छ । दशैं अघि नै किसानका खेतहरूमा धान पाकेर धानका बालाहरू खेतमा झुलेका छन् । धानबाली भित्र्याउने चटारोमा कृषकहरू छन् । मनसुन वर्षा शुरु हुनु अघि प्रचण्ड गर्मी रहेको तराइ मधेशमा जाडो बढेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -