Saturday, January 11, 2025
घरक्राइम चेकपर्साका स्कूल–कलेज क्षेत्रमा दुर्व्यसनीहरूको चहल–पहल, छात्राहरू आतंकित

पर्साका स्कूल–कलेज क्षेत्रमा दुर्व्यसनीहरूको चहल–पहल, छात्राहरू आतंकित

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ स्कूलमा पढ्दै गरेकी नाबालिका छात्रामाथि एसिड प्रहार गरेका एक हप्ता पनि बित्न नपाउँदै पर्साको वीरगंज आसपास क्षेत्रमा रहेका स्कूल, कलेज तथा सार्वजनिक स्थलमा हरू वरपर दुव्र्यसनीहरूले अखडा जमाएर बसेको देख्दा बालबालिका, छात्रा एवं महिलाहरू आतंकित बनेका छन् ।

वीरगंजको माइस्थान मन्दिर वरिपरिका गल्ली, सडक, माइस्थान विद्यापीठ स्कूल छेउछाउ, कन्या मावि छेउछाउ, त्रिजुद्ध मावि, त्रिभुवन हनुमान मावि, ठाकुर राम क्याम्पस, वीरगंज पब्लिक कलेज पानी टंकी छेउछाउ, हरिखेतान क्याम्पस आसपास लगायत वीरगंज बजार क्षेत्रमा रहेका कलेज छेउछाउ यतिखेर दुव्र्यसनीहरूको अखडास्थल बनेको छ ।

१४ देखि ३५ वर्ष उमेर समूहका दुव्र्यसनी केटाहरू विद्यार्थी, छात्रा तथा मन्दिरमा जाने महिला भक्तजनहरू बढी भिडभाड हुने स्थान र समयमा समूह बनाई बस्ने जिस्कउने गरेका कारण कुन दिन अर्की चेली तिनका शिकार हुने हुन् भन्ने त्रास सर्वत्र फैलिएको छ ।

स्कूल–कलेज शुरु हुने र विदा हुने समय, मन्दिर तथा बजार आउने–जाने समय प्रायः दुव्र्यसनी तथा आपराधिक चरित्रका युवाहरूको गिरोह सक्रिय रहेको पीडितहरू बताउँछन् ।

पर्सा प्रहरी नेतृत्व चुस्त नहुँदा मातहतमा रहेका प्रहरीहरू जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन सक्रिय हुनुभन्दा पोकेतस्कर, विचौलियासँग हिमचिम बढाउनमै व्यस्त भएको कारण केही समय अघि मात्र एकजना बालिकाले एसिड आक्रमण बेहोर्नु पर्यो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले प्रदेश नं. २ का जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउने गरेको प्रतिबद्धता र सपना पर्साबासीकालागि सपनामै सिमित हुने त होइन ? भन्ने प्रश्नको जवाफ समयले दिने नै छ ।

२०७६ भदौ २६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -