Tuesday, November 26, 2024
घरक्राइम चेकपशुपतिनाथ मन्दिरमा विदेशीलाई चप्पल, जुत्ता सहित प्रवेशमा छूट ! शिवसेना र...

पशुपतिनाथ मन्दिरमा विदेशीलाई चप्पल, जुत्ता सहित प्रवेशमा छूट ! शिवसेना र हिन्दूवादी संगठनको मौनता रहस्यमय बन्दै

चन्द्रसूर्य समाचारदाता ।
काठमाण्डौ, २६ श्रावण ।
नेपालीहरुको आराध्यदेव एवं विश्वभरिका हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा हिन्दूहरुलाई जुत्ता/चप्पल लगाएर प्रवेश गर्न निषेध गरिएपनि गाई खाने जात भनेर चिनिने क्रिश्चियन र विदेशी कुइरेहरूलाई जुत्ता, चप्पल लगाएर प्रवेश गर्न पाउने सहजता प्रदान गरिएको छ ।

पशुपति विकास कोषले हिन्दूहरूलाई चप्पल जुत्ता लगाएर जान नपाउने नियम लगाएको छ भने विदेशी, क्रिश्चियनहरू चप्पल, जुत्ता र क्यामेरा सहित प्रवेश गर्न कुनै रोकटोक नगर्नु भनि त्यहाँका सेक्युरिटी गार्डहरूलाई निर्देशन दिएको छ ।

नाम नछाप्ने शर्तमा एक पालेले भने, “हामीलाई पशुपति विकास कोषले नै विदेशीहरूलाई जुत्ता चप्पल फुकाल्न नलगाउनु भनेर आदेश दिएको छ, यस्तोमा हामीले रोक्यौं भने हाम्रो जागिर जाने डरले केहि बोल्न सकिरहेका छैनौं ।”

पश्चिमा तथा क्रिश्चियनहरुको प्रभावमा परेर पशुपति विकास कोष नै हिन्दूहरुको आस्था माथि प्रहार गरेर हिन्दू संस्कार र संस्कृति ध्वस्त पार्न सक्रिय भएको अवगत हुँदा हुँदै पनि हिन्दूहरूको नाममा खुलेका शिव सेना नेपाल, विश्व हिन्दू महासंघ, ओमकार परिवारलगायत करीब ५ दर्जन संघसंस्था पश्चिमा गतिविधि र पशुपतिनाथमा भइरहेको घुसपैठ बारे मौन छ । यी संघसंस्थाहरुको मौनताले अनेकौं प्रश्नहरू तेर्सिएका छन् ।

कर्मकाण्डी पण्डितहरुको पारिश्रमिक, हिन्दू मन्दिरमा चप्पल जुत्तासहितको प्रवेश, हिन्दू धर्म संस्कृतिका धरोहर र आस्थाहरुमाथिको प्रहार लगायतमा पनि हिन्दुहरूको अगुवाई गर्ने संगठनहरुको मौनताले कतै ती संगठनका नेतृत्व र आवद्ध पदाधिकारीहरू पनि पश्चिममा प्रभावमा परेका त होइनन् ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -