Tuesday, November 26, 2024
घरसमाचारखेलकूदकिङ्गकम स्पोर्ट्स क्लब द्वारा आयोजित बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको फाईनल भोली

किङ्गकम स्पोर्ट्स क्लब द्वारा आयोजित बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको फाईनल भोली

कङ्गकम स्पोर्ट्स क्लबद्वारा क्लबको राधाकृष्ण ब्याडमिन्टन कोर्टमा आयोजना गरिएको ९ औ बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको सेमि फाईनल आज भब्यताका साथ सम्पन्न भयो ।आज भएको पहलो खेल कम्प्लिट हेल्थ क्लब र देऊराली क्लब बिच भएको थियो । जसमा देऊराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडिले कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाका जोडिलाई २२-२० र २१-१६ को सोझो सेटमा पराजित गरि भोलि हुने फाईनल खेलमा नाम लेखाए ।

त्यसै गरि दोश्रो सेमिफ़ाइनल खेल रिमिक्स बि सी र तिनचुली बि सी का बिच भयो । उक्त खेलमा तिनचुली बि सी क्लबका जोडि खेलाडिले रिमिक्स बि सि का जोडि खेलाडिलाई २१-१९ र २१-९ को सरल सेटमा पराजित गरि भोलि हुने फाईनलमा प्रबेश गरेका छन ।

फाईनल खेल बर्षाका कारण हामीले फागुन ४ मा गर्ने भनियकोमा प्राभिदिक कारणबस भोलि नै हुन गईरहेको यस प्रतियोगिताका संयोजक श्री नबिन बिक्रम शाह ज्युले जानकारी गराऊनु भयो ।यहि प्रश्न क्लबका अध्यक्ष श्री राजेश गुरुङ्गलाई सोधिएकोमा ऊहाँले बताऊनु भयो कि “ यस बर्ष हामीलाई बर्षाले धेरै रोकावट लेरायो । हामीले मौसम पुर्ब अनुमान शाखामा जानकारी गराऊदा शनिबार फेरि पानी पर्न सक्ने उत्तर आएकोले अब धेरै यो प्रतियोगितालाई अलमल गराऊन हुदैन तसर्थ भोलि फाईनल र तेश्रो स्थानको खेल खेलाई दिने र शनिबार चाहि पुरस्कार बितरण गरि यो प्रतियोगिता समाप्त गर्ने ।”

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -