-भरत दाहाल
यसको एकमात्र अर्थ चीन विरुद्ध नेपाली भूमिको प्रयोग गर्ने हाे
देशघाति अपराधिहरूलार्इ निर्मूल पार्ने अवसरकाे उपयाेग गराैं !
भूपरिवेष्ठित नेपाल प्रशान्त महासागरसंग पनि जोडिएको छैन। अमेरीका र उत्तर कोरीयाका बिचको मामिलाले पनि प्रत्यक्ष वा परोक्ष रुपमा नेपालसंग कुनै संबन्ध राख्दैन। तर केपी ओलीका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘इण्डो-प्यासिफिक रणनीति’ मा नेपालको ‘केन्द्रिय भूमिका’का पक्षमा अमेरीकिहरुसंग वार्ता गरेका छन्।
‘दक्षिण चीन सागर’को विवादका बहानामा दक्षिणपूर्वी एशियाली देशहरुलाई चीनसंग लडाउन अमेरीका असफल भयो। कोरीया मामिलालाई उत्तेजित गराएर त्यहाँ युद्ध भड्काउने षडयन्त्रमा पनि त्यो असफल भएको छ। इण्डियालाई चीनसंग भिडाउन सिर्जना गरिएको ‘दोक्लाम’ प्रकरण उल्टो नतिजामा पुगेर चीन र इण्डियाका बिचमा संबन्ध सुधारको संकेत देखिन थालेपछि अमेरीका नेपालको भू-राजनीति गिजोल्ने निष्कर्षमा पुगेको छ।
अहिले अमेरीकाले ‘पश्चिम एशिया’ र अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने प्रकृया सुरु गरेको छ। ती सेनाहरु गल्ति महसुस गरेर अमेरीका फिर्ता लगिंदै छैनन्। अमेरीकाले आफ्नो निम्ति जीवन मरणको समस्या बनिसकेको चीनका विरुद्ध अफगानिस्तान र पश्चिम एशियाबाट निकालिने सेनाहरु केन्द्रित गर्दैछ।
कोरीया, दक्षिण चीन सागर र दोग्लाममा प्राप्त भएको असफलतालार्इ नेपाली भूमिबाट कार्यान्वयन गर्ने रणनीति अमेरीकाले बनाएको स्पष्ट छ। ‘इण्डो-प्यासिफिक रणनीति’ मा नेपालको ‘केन्द्रिय भूमिका’ रहनेछ भन्नुको सिधा अर्थ हो, प्रशान्त क्षेत्रमा चीनसंग हुने संघर्ष अघि बढाउनका लागि नेपाली भूमि प्रयोग गर्ने। किनभने अमेरीकाले दक्षिणपूर्व एशिया वा पूर्वी एशियाली भूगोलबाट यस्तो सहुलियत पाउन संभव छैन।
‘इण्डो-प्यासिफिक रणनीति’को एउटा महत्वपूर्ण मुद्दा हो, तिब्बत। हालै अमेरीकाले तिब्बत विभाजनका लागि ‘रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट’ पारित गरेकाे छ। त्यहि एक्टकाे कार्यान्वयनलार्इ समेत ध्यानमा राखेर तिब्बतलाई लक्षित गरेर नै यहाँका एजेन्टहरुलाई केन्द्रिय भूमिकामा स्थापित गर्न प्रयास गरिंदैछ भन्ने तथ्य साफ छ। यसका लागि अमेरीकाले एशियाली नेटो सैन्य संगठनका रुपमा अष्ट्रेलिया, जापान र इण्डियासंग मिलेर ‘क्वाड’काे निर्माण गरेको छ। नेपाललाई त्यहि ‘क्वाड’को बेस क्याम्प बनाउने षडयन्त्रकाे अङ्ग हाे प्रदीप ज्ञवालीकाे अमेरीका भ्रमण।
नेपाल अब अत्यन्त जटिल मोडमा पुगेको छ। नेपालको सत्ता कब्जा गरेर बसेको सिआईएको गिरोहलाई अन्तिम रुपमैं समाप्त पार्ने सुदृढ मनोबलका साथ अघि बढ्न सकिएन भने नेपाल दोश्रो विश्वयुद्धकालको प्यालेष्टाईनको हालतमा पुग्ने कुरामा अब कुनै संका छैन। यतिबेला देशघाति एजेन्टहरू बद्नाम हालतमा छन् र विश्वकाे ध्रुविकरण पनि यिनीहरूकाे अनुकूल अघि बढ्न सकिरहेकाे छैन। याे अवसरलार्इ यि अपराधिहरूलार्इ निर्मूलन पार्ने संकल्पका रूपमा उपयाेग गर्न जरूरी छ।