Thursday, November 28, 2024
घरविचारराजसंस्था, परिवार र पूर्व युवराज पारसको विरोधले चलेको जीविकोपार्जन

राजसंस्था, परिवार र पूर्व युवराज पारसको विरोधले चलेको जीविकोपार्जन

 

– सन्तोष मिश्र

सार्वजनिक पदमा बसेका व्यक्तिको जीवन पारदर्शी हुनुपर्छ, उनका हरेक गतिविधिमाथि जनताको चासो हुन्छ, के गरि बस्छन, के लाउँछन, के खान्छन्, को सँग नजिक वा टाढा छन, स्वभाव कस्तो छ भन्ने प्रश्नहरुको उत्तर खोजिरहेका हुन्छन जनता । राजा, महाराजा, युवराज, युवराज्ञी, नेता, अभिनेता, अभिनेत्रीहरूको जीवन व्यक्तिगत नभई सार्वजनिक हुन्छ भन्ने सामान्य हेक्का समेत नभएका व्यक्तित्वहरु आफूलाई महान विश्लेषक भन्दै भविष्यका राजा श्री ५ पारस वीर विक्रम शाहदेवले २० मिनेटको पत्रकार सम्मेलनमा ३ चोटी चुरोट खाए भनेर हाम्रा महान विश्लेषकहरुले विरोध गरेर फेसबुकमा उपद्रव मचाएका छन् ।

युवराज पारसले चुरोट खाएर राष्ट्रघात जनघात गरेका छन र ? उनले त आफ्ना हरेक गतिविधि र क्रियाकलाप जनताको अगाड़ी प्रस्तुत गर्दै आएका छन । नेताहरुको जस्तो राष्ट्रवादको आवरणमा राज्यद्रोह गर्दै त हिँडेका छैनन नि ?

हाम्रा देशको सर्वोच्च र सार्वजनिक पदमा बसेका प्रधानमन्त्री, मन्त्री, नेता, उच्च तहका अधिकारीहरुले राज्यकोषबाट वार्षिक एक अरब जतिको मदिरा पार्टीलगायतमा खर्च गर्दा खोई तिमीहरुको विरोध ? नेता र सत्ताशीनहरुले राज्यको ढुकुटीबाट वार्षिक अरबों रूपियाँ विदेश भ्रमणको ऐयासीमा खर्च गर्दा खोई विरोध र उपलब्धी पूर्ण खबरदारी ?

एकीकृत देशलाई संघीयता, गणतन्त्र, धर्म, जात, वर्गको नाममा गरिंदै आएको खण्डीकरण र विभाजनको खै विरोध ?

विकासको सट्टा दिनानुदिन देशलाई गरिंदै आएको परनिर्भरताको लागि खोई तिमिहरुको विरोध र खबरदारी ?

सामान्य नागरिक जीवन बिताइरहेका पूर्व युवराज पारसको विरोध र अलोचनाको औचित्य के ? आफ्नो जीविकोपार्जन गर्नका लागि मात्र सत्य र वास्तविकतालाई बँग्याएर राजसंस्था, परिवार र पूर्व युवराज पारसको विरोध गर्नु असल नागरिकको कर्तव्य होइन । यदि हामीले वास्तवमैं आफूलाई एउटा सचेत नागरिकको कोटीमा राख्छौं भने मानवीय गुण पनि प्रदर्शन गरौं ।

– सन्तोष मिश्र
(शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कुरुवा कक्षबाट)
२०७५/०३/२२

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -