Wednesday, November 27, 2024
घरक्राइम चेकचार वेद र हिन्दू राष्ट्र नेपाल

चार वेद र हिन्दू राष्ट्र नेपाल

– सन्तोष मिश्र
वेद–सृष्टि स्थिति संहारकर्ता परमेश्वर परमात्मा निरन्जन निराकार ईश्वरको वाणी हो । चार वेदबाट चार वटा दिशा (पूर्व–पश्चिम–उत्तर–दक्षिण) निर्देशित छ । ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्वेदबाट यस ब्रम्हाण्ड, संसार चलेको छ । वेद प्रकृति हो । हिन्दू राष्ट्र नेपाललाई भत्काउने प्रयास विधर्मीहरूबाट जति गरेपनि ‘विनासकाले विपरित वुद्धि’ ले ढाकेका विधर्मीको सर्वनास, समूल नष्ट हुने दिन आएको छ । वेद शक्ति हो । वेदमा तन्त्र मन्त्र यन्त्र सबै वर्णित छ । संसारका सबै कुराको वर्णन वेदमा पाइन्छ । वेदको भविष्य सुनिश्चत छ, तर अन्य धर्म ग्रन्थ नाशवान छन् । वेदको रक्षा गर्नु भनेको संसारमा सकारात्मक परिवर्तनको रक्षा गर्नु हो ।

नेपालमा दलका दलाल नेताहरूले आफूले खनेको खाल्डोमा आफैं पुरिने मूर्खतापूर्ण काम गरेका छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर क्रिश्चियन धर्म परिवर्तनको अभियन हुन दिएर राष्ट्र विखण्डनको काम गरिंदै छ । धर्म परिर्वतन राष्ट्र विखण्डनको सूत्र हो । वेद नै प्रकृति र विज्ञान हो । हिन्दू धर्म, संस्कृति र संस्कार विश्वमै उत्कृष्ट छ ।

वर्तमान विश्व आर्य संस्कृति र सभ्यतातर्फ आकर्षित छन् । समस्या मूलत: वस्तुजन्य हुँदैन, अभावजन्य हुँदैन, परिस्थितिजन्य हुँदैन, अपितु विचारजन्य हुन्छ, भावजन्य हुन्छ र मनोजन्य हुन्छ । यहिं विचार, भावना र मनको परिवर्तन हुन सके व्यक्ति कल्याण, राष्ट्र कल्याण र विश्व कल्याण हुन्छ । आज नेपाललाई विचार क्रान्तिको आवश्यकता छ । आज हामी दुनियाँको बारेमा थाहा पाउने त भयौं तर आफ्नो धर्म, संस्कृतिको बारेमा केही थाहा पाउन खोजेका छैनौं । पवित्र हिमाल भूमि नेपालबाट नै हामीले ईश्वर एक छन्, अदृश्य छन्, अव्यक्त छन् भनि सिकायौं । उनै ईश्वर नै पुन: बहुरुपमा प्रकट हुन सक्छन् । विश्व संस्कृतिको मूल हाम्रो वैदिक संस्कृति नै हो । हाम्रो पूर्वीय मान्यता अनुसार वेदलाई नै सम्पूर्ण धर्मको मूल हो, ज्ञान, विज्ञानको मूल हो । त्यसैले होला जर्मनमा वेदको वृहत्त अनुसन्धान हुँदैछ । वेद वाक्य वा शास्त्र वाक्य नै मूल प्रमाण हो ।

नासाका वैज्ञानिकहरू आज वेदको अध्ययन, अनुसन्धान गरिरहेका छन् । धर्मलाई हामीले बचायौं भने धर्मले हामीलाई बचाउने छ । अनादी कालदेखि नै सनातनीय पद्धति अनुसार यो भूमण्ड इश्व्रीय अध्यक्षतामा प्रकृतिद्वारा संचालन भइरहेको कुरा श्रीमदभागवत गीताले पुष्टि गरेको छ । वेद विश्वसाहित्यको सबैभन्दा प्राचिनतम कृति हो । यो ज्ञान, दर्शन, कला साहित्य आकिो अनुपम भण्डार पनि हो । ऋगवेदीय सभ्यता भन्द्या पुरानो सभ्यता पत्ता लगाउन सकिएको छैन ।

संसारमा जतिपनि सभ्यताको उत्पत्ति भएको छ त्यसको मूल आधार हाम्रो वैदिक सभ्यता नै हो । यद्यपि वेद र बाइवल परस्पर तुलना गर्ने विषय नै होइनन् । वेद सनातन हिन्दू धर्मको सबैभन्दा ठूलो र प्रामाण्कि धर्मग्रन्थ हो । वेद परमात्माबाट प्रकट भएको हो । वेदलाई संसारभरका हिन्दूहरू शतप्रतिशत ईश्वरको वचन मान्दछौं । ज्ञान, विज्ञान र व्यवहारको मूल श्रोतका रुपमा अकाट्य प्रमाण पनि मान्दछौं । यसलाई हामी अनादी, अनन्त, नित्य र शाश्वत मान्छौं र यो पनि भन्छौं कि यसको रचना कसैले पनि गरेको होइन अर्थात् यस ग्रन्थलाई हामी अपौरपेय –कुनै सांसारिक पुरुष विशेषद्वारा नलेखिएको या रचना नगरिएको विशिष्ट रचना मान्छौं । शास्त्रीय हिसाबले हामीले सृष्टिसँगै उत्पत्ति भएको मान्छौं ।

वेद संस्कृत भाषामा लिपवद्ध भएको हो । वेद संस्कृत भाषामा लेखिनु अघि केवल मन्त्रद्वारा ऋषिमुनिहरूको मुखबाट अन्य शिष्यहरूले सुन्ने र उनीहरूले पुन: त्यसैगरी सुनाउने श्रुति परम्परा नै जीवित थियो र सुनेको भरमा नै प्रशारित एवं संरक्षित हुँदै आइरहेको थियो ।

महर्षि व्यासले नेपाल भूमिमा बसेर विषयगत प्रकृतिका आधारमा ऋगवेद, यजुर्वेद, सामवेद र अथर्वेद लिपीवद्ध गरेका हुन् । भूगोलको अर्थ पृथ्वी, पृथ्वी गोलो छ । सूर्यको किरणबाट पृथ्वीमा एकातिर उज्यालो हुन्छ भने अर्कोतिर त्यति नै बेला अँध्यारो हुन्छ यो कुरा त्यतिबेला मात्र संभव हुन्छ, जब पृथ्वी गोलाकार हुन्छ । वेदमा उल्लेख भएको धेरै वर्ष पछि पृथ्वी गोलो छ भनेर वैज्ञानिकहरूले उल्लेखित गरेका हुन् । वेदमा सत्य नै सत्य छ तर यतिखेर विश्वमा पश्चिमा राष्ट्रले व्इापक अभियानका साथ ठूलो धनराशी खर्च गरेर वुद्धिष्ट र हिन्दूहरूलाई धर्म परिवर्तन गराउने उद्देश्य र ध्येयले प्रचार गरिएको बाइबलमा कुतर्क, झुठ शिवाय केही छैन । सत्यको अंश न्यून छ ।

वेद वचनमा भनिएको छ, पानीमा आगो छ । अग्निदेव जलको गर्भमा, वनको गर्भमा, जंगम र स्थावरमा विद्यमान छन् भनेर वर्णित गरिएको छ । जलतत्वमा सम्पूर्ण जीवनरस र संसारका लागि सुखकारक अग्नितत्व (आगो) पनि रहेको छ भन्ने कुराको संकेत सोमदेवले गरेका छन् । वास्तवमा धर्तीमा सूर्यविना कुनै पनि प्राणी, बोट विरुवाहरू बाँच्न संभव छैन । वेदमा चन्द्र, सूर्य, पृथ्वी, अग्नि र वायु पाँच तत्वको वर्णन गरिएको छ । यिनै पंचतत्व प्रकृतिलाई हिन्दू धर्मावलम्बीहरूले पूजा गर्छन, नमन गर्छन् ।

वेदको ऋचामा भनिएको छ, ‘मल्वं विभ्रती गुरुमृद् भद्र पापस्य निधनं तितिक्षु: वराहेण पृथ्वी सविदाना सुकराय व जिते मृगाय ।। –अथर्वेद गुरुत्वाकर्षण शक्ति धारण गर्ने क्षमताबाट युक्त, पुण्यात्मा र पापात्मा दुबै प्रकाका मान्छेलाई सहन गर्दै यो पृथ्वी उत्तम जल दिनुका साथै सूर्यका किरणबाट आफ्नो मलिनताको निवारण गर्दै सूर्यलाई चारैतिरबाट परिक्रमण गर्दछ । हिन्दू धर्मको वेदमा वर्णित विज्ञान संसारका अन्य कुनै पनि धर्मग्रन्थमा पाईंदैन । वेद साक्षात परमेश्वरको वचन हो । यो संसारमा परमेश्वर एकै छन् । धर्मको स्वरुप बढी छन् ।

बाइबल कति झुठो छ भन्ने कुरा पृथ्वी लगायतका अन्य ग्रहहरूले सूर्यको परिक्रमा गर्छन् भन्ने कुराको प्रचार गर्ने वैज्ञानिक कार्निकस, ग्यालिलियो, गिआर्डिनो ब्रुनोलाई मार्न लगाए । चन्द्रमा विना फलफूलमा रस लाग्दैन, अन्नमा दाना लाग्दैन भन्ने तथ्यलार्य वेदले पहिले उजागर गरेकोले विज्ञान भनेकै वेद हो, वेद भनेकै विज्ञान हो । वेद विना विज्ञानको अस्तित्व छैन । आध्यात्मिक ज्ञान र भौतिक ज्ञानबीच अन्तरसम्बन्ध छ । दुबै ज्ञान अनिवार्य छ । वेदमा भएका वैज्ञानिक समेतले स्वीकारेका विज्ञान सम्मत कुराहरूले वेदलाई नै अन्तिम सत्यका रुपमा प्रस्तुत गरेको छ । वेदभूमि, देवभूमि नेपाल नै वेदको केन्द्र हो । वेदको सबै मनुष्यले अध्ययन गर्नु अनिवार्य छ । गहन अध्ययन विना कोही ज्ञाता बन्न सक्दैन । वेदलाई तिरस्कार गरेर कोही बाँच्न सक्दैन । त्यो ईश्वर पूर्ण छ, यो जगत पूर्ण छ र पूर्णबाट पूर्ण निकाल्दा पूर्ण नै बाँकी रहन्छ । हो यही मन्त्रलाई प्रयोग गरेर आर्यभट्टले शून्य अंकको आविष्कार गरेका हुन् । वर्तमान युगको धधध।अयm को अविष्कार पनि वेदबाट नै भएको हो । परमात्मा शून्य, जगत शून्य, यस पृथ्वीमा जन्मिएको मानिस पनि आखिरमा शून्य सरी यस पृथ्वीमा विलाउँछ । हिन्दू धर्म वेदका अनुसार चार युग (सत्य, त्रेता, द्वापर र कलि)को आयो ४३ लाख २० हजार वर्ष छ ।

 

२०७५ जेठ २४ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -