Wednesday, November 27, 2024
घरविचारपाठक प्रतिकृयाप्रम. ओलीको चीन भ्रमण: "मन्दिरका पुजारीले घण्टा बजाउँदासम्मको किर्तन"

प्रम. ओलीको चीन भ्रमण: “मन्दिरका पुजारीले घण्टा बजाउँदासम्मको किर्तन”


– चिरञ्जीवी आचार्य

राजा महेन्द्र पश्चात् भारतसँग पैठेजोरी खेल्दै दुबै छिमेकी सँग संतुलन कायम राख्नुपर्छ र भारतीय एकाधिकारको अन्त्य हुनुपर्छ भन्ने सायद वर्तमान प्रम ओली नै हुन । परम्परागत रूपमा भारत निर्भर नेपालको अर्थतन्त्र, व्यापार, वाणिज्य, पारवहनलाई विविधीकरण गरी स्वाधीन अर्थतन्त्रको विकासका लागि उक्त कार्यसूचीहरूमा चीनसँग सम्झौता गरिनुपर्छ । वास्तवमा उक्त कार्यसूचीहरूमा चीनसंँग सम्झौतामात्रै होइन, समय–तालिकासमेत निर्धारण गरी कार्यान्वयन गर्ने ठोस आधार सुनिश्चित गरियो भनेमात्रै ओलीको भ्रमण सफल हुनेछ ।

राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणको पृष्ठभूमि पनि ओलीको चीन भ्रमणको अवधिमा तय हुनेछ । त्यसैले समय र कार्यसूची दुवै दृष्टिले ओलीको आसन्न चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण छ । चीनसँग सन १९५५ मा दौत्य सम्झौता भएको थियो । नेपाल र भारत झै चिन पनि नेपालसँग सांस्कृतिक, धार्मिक, आर्थिक र राजनैतिक सम्बन्ध थियो र छ । नेपालको उत्तर तर्फ अवस्थित चीन सँग करिब २०० किमी सीमा जोडिएको छ । सरङ्गचङ गम्पोसङ राजकुमारी भृकुटीको बिहेसँगै जोडिएको सांस्कृतिक सम्बन्ध अहिले झनै घना हुँदै गएको पाइन्छ ।

भारत जस्तै रोटी र बेटिको सम्बन्ध चीन सँग पनि छ मात्र संख्यामा कमिबेसी होला । धार्मिक सम्बन्ध अझै घनिभुत देखिन्छ यदि नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन सकियो भने बौद्ध धार्मिक अधिक से अधिक रहेको चीन भारत भन्दा धेरै पर्यटक दिएर आर्थिक समृद्धिको बाटो खोल्न मार्ग प्रशस्त गर्न सहज हुनेछ । लहासा–सिगात्से–काठमाडौ पोखरा हुँदै लुम्बिनी पुग्ने रेल सन्चालन गर्न सके मनग्ये पर्यटक भित्राएर पर्यटन क्षेत्रले आर्थिक संकलन गर्न सक्नेछ छ । नेपालभर रहेका बौद्ध आश्रम र देवदह तिलौराकोट लगायतका बौद्ध धार्मिक स्थलले देशकै अर्थतन्त्र बदल्न सक्नेछन् ।

राजनैतिक हिसाबले पनि दुबै देश कम्युनिस्टका बिचार र नीति अनरुप भएकोले पनि चीन सम्झौतामा नेपालले अधिकसे अधिक फाइदा लिन सक्नुपर्छ । बदलिँदो विश्व र चीनको विश्व ब्यापारबाट नेपालले ब्यापार सम्झौता गरेर कुनै पनि व्यापारीक सिन्डिकेट तोड्न सक्छ । ब्यापार घाटामा गुज्रिएको नेपालले चीनसँगको ब्यापार र भारत सँगको ब्यापारमा तिब्र प्रतिस्पर्धा गराइ प्रशस्त फाइदा लिन सक्नुपर्छ । २०७२ सालमा ओली सरकारले गरेका सम्झौताहरु अक्षरस: लागु हुनेमा सर्वत्र शंकाका दृस्टिकोणले हेरिरहेको यस घडीमा दुबै छिमेकीलाई कसरी सन्तुलित बनाएर अगाडि बढ्न सक्छन् ओली भन्ने बडो महत्त्वपूर्णरूपमा हेरीदै छ ।

भारतको सिन्डिकेट तोड्दै बराबरको हैसियत राख्न ओली के सफल होलान त ? के हिजोका पारबहन सम्झौता कार्यान्वयन होलान त ? भारत र चीनले नेपालको भुमि लिपुलेकलाइ ब्यापारको जक्सन बनाउने भनेर गरेको मिचाहा, र आडम्बरी निर्णयको विरुद्ध बोल्लान त ओली ? के साँच्चिकै चीन र नेपाल रेल सम्झौतामा हस्ताक्षर गरेर तिथि मिति सहित अगाडि बढ्लान त ? बाहिरी रूपमा रडाको मच्चाउनेहरु भन्ने गर्छन् ओली भारत मुखी नेता हुन सत्तामा आउन मात्रै चीनको सहयोग मागेका हुन भन्नेलाई के जबाफ देलान त ओली ? बोआओ सम्मेलनमा ओलीलाई नबोलाएर चीन रुष्ट भएको बताउने बुद्धिजीवी भनिएकाहरुलाई जबाफ दिन सक्लान् त ओली ? चिनियाँ राष्ट्रपतिलाई थुप्रै बर्ष देखिपेन्डीङमा राखिरहने कि बोलाउने जमर्को गर्ने के यो पटकको भ्रमणले दिन निकाल्दै भ्रम तोडीएला त ? ओलीको मान प्रतिष्ठा र देशकै आर्थिक उथलपुथलको रूपमा हेरिएको यो भ्रमणले ओलीको समृद्ध नेपालको सपना र चीन सँगको साझेदारी कुटनैतिक, राजनैतिक र आर्थिकरूपमा सफल होलान त ओली ? एक नाका एक बाटो (यलभ दभति यलभ चयबम)कार्यान्वयन होल त ? रसुवागढी केरुङ नाका, तातोपानी खासा, मुस्ताङको कोरोला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङ चुङ्गोला नाकामा यलभ चयबम यलभ दभति को सम्झौता साँच्चै होला त ?

यो भ्रमण ओलीको प्रतिष्ठासँग सतही नभई पाताल सम्म सम्बन्ध राख्छ उनी वास्तविक राष्ट्रबादी या प्रतिपक्षी र बिरोधी दलले भने जस्तै हावा राष्ट्रबादी आगामी चीन भ्रमण र त्यसपछिका परिणामले प्रस्ट्याउला र उनको राजनैतिक मुल्यांकन गरौंला ।

अन्तमा, ६३ औ वार्षिकि मनाइरहेको नेपाल र चीन दौत्य सम्बन्धले अब जुझारु कार्यान्वयनको युगमा प्रवेश गरोस्, सम्माननीय प्रधानमन्त्री ओलीको सफलता नै देश जनताको सफलता हो त्यसैले यो भ्रमण मन्दिरका पुजारीले घण्टा बजाउँदासम्मको किर्तन नबनोस, सोचे भन्दा अधिक सफल रहोस्, अग्रिम शुभकामना सम्माननीय प्रम केपी ओलि ज्यूलाई)

– चिरञ्जीवी आचार्य
हाल कुबेतको खाडी बगरबाट।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -