Thursday, November 28, 2024

एक विचार

– प्रशान्त महासागर
कर्ममा निष्ठा हुने कम्युनिष्ट हुन् । कार्यमा एक रुपताले लागि रहने काँग्रेस हुन् । तर भ्रष्टाचार दुबैको कुनै नियत होईन्, व्यक्तिको स्वार्थ हुनसक्छ त्यस विरुद्धको हाम्रो अभियान हामीले जित्नुपर्छ ।

समाज परिवर्तन हुनुपर्छ जुन समयसँग चल्ने एक विषय हो । हिजो हामीले परिवर्तनको आश गरेर आज आफुलाई लाशसम्म हुनदियौं । भ्रष्टाचार निमूर्ल होला, आश गरेका थियौं । समाजले नयाँ दिशा पाउँला त्यो पनि आश गरेका थियौं । मानौं मनुष्य संघर्षमा कम आशमा ज्यादा निहित भईदिनुको मुख्य कारण भनेकै राजनीति हो । राजनीतिमा व्यक्ति होईन् पार्टि नै ठूलो हुन्छ । अझ नेपालको भू–बनोटलाई नियाल्ने हो भने आश लाग्दो कुराको विश्लेषण गर्ने हो भने कम्युनिष्ट नै मुख्य सार हो । कम्युनिष्टले गाउँको आशय बुझ्छ । समस्याको अध्ययन अनि अनुसन्धान बुझ्छ किनभने समाजमा माटो हुनुपर्छ, बन्नुपर्छ कम्युनिष्टको सिद्धान्तले व्याख्या गर्छ ।

आर्थिक अनियमिततालाई आत्माको बोझ ठान्छन् । रगत रगतमा क्रान्ति हुन्छन् । कम्युनिष्टभित्र रातो, तातो र आलो कुरा हुन्छन् । तर नेपालको सन्दर्भमा कम्युनिष्टले आफुलाई बेचेर खाए । पहिचान मासेर आफु सम्पन्न छु भन्नमै लागे जुन एक अभिषाप हो । यो कम्युनिष्टले बुझेनन् । जनताको बहुदलिय जनतावाद भन्छन्, सेतो हाति पाल्नुहुन्न भन्ने सिद्धान्त विपरित लागे । राजा फाल्नेहरु नै राजा बने । के अबको आन्दोलन हाम्रो त्यही राजा फाल्ने हो कि….भन्ने प्रश्न जिवित रहेको बेला हाम्रो यात्रा कतातिर । हुन त हामीले समाजवाद कहिल्यै छोडेनौं । तर आफ्नो हिस्सा सबैलाई चाहिन्छ भन्नमै सबै लागे । फलत: राजनीतिबाट नीति र ईमानदारीता दाहसंस्कार भए । कम्युनिष्ट भ्रष्टाचार गर्न लालायित भए । तर उत्पादन चाहिन्छ भन्न छोडि, किनिन्छ । खाईन्छ…..त्यो सोच, त्यो विचार कम्युनिष्टको भए जुन हिजो काँग्रेसको थियो । हुन त सबै सम्पन्न हुनुपर्छ सबैले सास सुखको आरामको फेर्न पाउनुपर्छ मानवीय अधिकार र मान्यता हुनुपर्छ सबै नीतिको एउटै स्वर हो तर भ्रष्ट बनेर नाङ्गिनुपर्छ कसैको कुरा नभएपनि आफु भ्रष्ट भई नष्ट हुन नै जन्मिन जीवनले नसिकाए पनि सिक्छु नै भनी सबै लागेका छन् । यो दुःखदायि कुरा हुन् । यस्ता कुराबाट छुटकारा पाउन आफु आर्थिक रुपले सबल हुनुपर्छ आज सबैले बुझेको यथार्थता यही हो । तर बmुझेको कुरा बुझाउने तर्क हामीसँग भएन् । त्यसकारण जुनै जोगी आएपनि कानै चिर्ने उखान बन्यो तर त्यसको चयन हामीले गर्न सकेनौं । जसले जति नै झुठो आश्वासन दिएपनि या भनौं राज्यको सम्पत्ति जस्तो तरिकाले दोहन गरेपनि त्यसमा हामी आम जनताको चासो नहुनु राजनीतिबाट नियत विलय हुनु नै हो । यो हामीले चुनाव भ्रष्टचारीलाई दण्ड अर्थात हार गराएर दिनुपर्छ  । यहाँ भ्रष्टाचार भनेको सम्पत्तिको चलखेल मात्र होईन् । आफुले गर्न सक्ने वाचा पूरा नगर्नुपनि भ्रष्टाचार हो । भ्रम फैलाउनु पनि भ्रष्टाचार हो । यथार्थताबाट अन्त लाग्नु पनि भ्रष्टचार हो । झुठा कुरा गर्नेहरु पनि भ्रष्टाचारी हुन् । र गणतन्त्रमा त्यस्ता भ्रामक वा स्वार्थ अनुरुप आफुलाई परिचालन गर्नु वा आर्थिक तन्त्रलाई भोट अनुरुप प्रयोग गर्नुलाई महापाप हामीले भन्न सक्नुपर्छ । हिजो प्रभावले कम्युनिष्ट आन्दोलन स्थापित गर्नेहरु आज दबाबको मैदानमा उत्रिनु आफैमा लाज लाग्दो यात्रा हो । मैले बुझेको कम्युनिष्ट आजभोली यस्तै यात्रामा छन् ।

र माओवादको सवालमा, हुन त माओवादले ल्याएको गणतन्त्र भएपनि त्यसको समुचित व्यवस्थापनमा ऊ आफै पनि चुकेकै देखे । उसले पनि आफुलाई बेचेरै सम्पन्न हुनुपर्छ नीतिको पछि दौडिने रणनीतिलाई राजनीति भने, माने । स्वार्थपूर्तिलाई योगदानको अन्तिम बिन्दु ठाने । जनतालाई गरेको बाचा भन्दा पृथक सहरिकरणलाई जीवनको सजिकरण माओवादले सम्झे । नातावाद विरुद्धको संघर्षमा नाता नै चार काँध हो, मेरो भन्ने मान्यता नै सर्वोसरा ठाने । यसर्थ माओवादी कम्युनिष्ट विचारमा प्रखरनिखर देखिए तापनि अडान र कार्यन्वयनमा कमजोरी मात्र होईन् विफल नै भएको जनमानसले मेसो पाए । बनजङ्गलबाट यात्रा सहरमा विलिन भए जस्को कारण “आफ्नो गाउँ, आफै बनाउ” त्यही नै उत्तम कुरा शेष भए । हुन त माओवादले जातिय विभेद केही हदसम्मको हल त गरे । तर वर्ग संघर्षमा जुन छुवाछुतका कुराहरु थिए त्यसलाई अंशको रुपमा रुपान्तरित गरे । यसलाई म विर्सजन नमिलेको यात्रा मान्छु । एकातिर संघर्ष जीवन हो भन्ने अर्कोतिर आफैले अधिकार माग्ने कुरा गर्छन् भने त्यसलाई हामी के भन्ने ? पहिचानका कुराहरु धेरै सिकाए, अस्तित्व र आत्मालोचनहरु यथार्थताहरु पनि देखाए, बुझाए यहाँसम्म कि आफुहरु सही भन्न रगतको खोला पनि बगाए । तर त्यो कुरा कहाँ सुक्ने कसैले कहिल्यै महसुस गरे जस्तो कतै चर्चामा छैन् । गाउँ सुनसान छन् । सहरभित्र माओवादीका नेता छिरे देखि जनताहरुले पनि त्यही हो हाम्रो लक्ष्य त्यही हो नेपाल…सिवाय नौलो अरु बुभिएन् । बाँझो खेत राख्नुलाई राजनीति हो कुरा त्यतातिर पनि मोडिएको भान हुँदै गए । र समग्रमा, नेपालमा कम्युनिष्ट पूँजीवादी हुँदै गए । देशभक्त नाराहरु मात्र कुराहरु भए । धर्मलाई हतियारमो प्रयोग गरे जबकि जीवन औजारको लागि हो यो कम्युनिष्टले बिर्से । दुःख यही मात्र बाँकी छ ।

गाँस, वास र कपास अर्थात आधारभूत आवश्यकतामाथिको राजनीतिले व्यवस्था परिवर्तन भए लगत्तै हामीसँग बाँकी मुद्दा भनेको सुशासन हो । देशको अर्थतन्त्रलाई मजबुत पार्नु हो । तर सत्तामा पुगेका शासकले बिशेषगरि विगत पाँच वर्ष सत्तामा आसिनले व्यक्तिवादी नीति अनुरुप राष्ट्रिय सम्पत्तिले फुपूको श्राद्ध गरेको बाहेक विकाससँग आबद्ध कुनै नीति तर्जुमा कार्यन्वयन गर्नुपर्छ सम्मको बहस भएन् । यसले एउटा कुरा स्पष्ट के पार्छ त भन्दाखेरि विकास निर्यात होईन् आयात हो । जम्मा होईन् खर्च गर्ने प्रवृत्तिलाई हामीले विकास भन्न जान्नुपर्छ हिजो काँग्रेसले भने आज त्यसको दिन दुगुणा रात चौगुणा कम्युनिष्टले भने । के त्यो हाम्रो भविष्य हो र ? कि हाम्रा सन्तती आफु बन्न सर्वप्रथम राहदानी बनाउनु पर्ने हो र ? प्रश्न हामीसँग धेरै छन् । जवाफको खोजीमा हामी लागीएनौं भने आफुलाई बेच्नु सिवाय नौलो कुनै योजना हाम्रो हुनेछैन् । हामी र हाम्रो भने आम जनमानस नै हो । यसमा कार्यकर्ता देखि सबै पर्छन् । सबै जनता नै हुन् । अतः जनता हुँ भन्ने चेत आफुमा परेको छ भने श्रम निर्यात र बस्तु आयात हुनुपर्छ सोच लगायत कार्यकारी प्रमुखको छनोट पार्टी होईन् हामी अवामले छान्न पाउनुपर्छ । अबको यात्रा हाम्रो त्यताको हुनुपर्छ ।

अन्तमा, हामीसँग व्यवस्था छ । व्यवस्थासँग विचार अनि सिद्धान्त पनि छन् । आन्दोलन देखि गृहयुद्धको सम्म चरण पार गरि सकेपछि दोषारोपण राजनीति हामी हुनु भनेको कहिंकतैबाट हामी स्वार्थकै कारण राजनीतिमा छौं, यो बाहेक अरु कुनै निष्कर्ष हामीमा शेष छैन् । किनभने पाँच वर्ष भनेको विकासको लागि धेरै समय हो । व्यवस्थाले गणतन्त्र भनी सकेपछि त्यो भन्दा उत्तम अरु कुनै व्यवस्था शेष नरहेको सम्बन्धमा त्यसले गर्ने काम यदि भ्रष्टचार हुनपुग्छ भने हामी आफ्नै लागि श्रापित जिव नै हो यो मान्नुपर्छ । र विकासकै कुरालाई पछाडि फर्केर हेर्ने हो भने राजतन्त्र नै नेपालको मूल श्रोत हो । हिजोको गाउँ फर्क अभियानमा आज कुन सिद्धान्त छ जस्ले गाउँ बनाउनुपर्छ सोचेका छन् । तर आज ठेकेदार जन्माउनुपर्छ व्यवस्थाले लादेको छ । उत्पादन छोडेर लुट मन्त्र नै सर्वोसरा भनिरहेका छन् । यो नेपालको सहि नीति हो र ? आज आफ्नो सिवाय अरु कुनै भजन छैन् । किन ? शायद मलाई भ्रष्ट र स्वार्थी प्राणी बन्नमा हामी अब्बल छौं । हाम्रो जन्म समाज लुट्नमै सिमित छ । हामीले समाजवाद कहाँबाट ल्याउँछौं ? जबसम्म सामाजिक परिजीवि हुनबाट हामी अलग हुँदैनौं तबसम्म हामीले आफुलाई मनुष्य हौं भन्नु पनि बेकार हुनेछ । आज हामी व्यवस्था वा सिद्धान्त होईन् नियतले पशु बनिसकेका छौं । सोचहीन बुद्धिहीन परजीवि नबन्नु आजको हाम्रो यात्रा हुनुपर्छ । सत्यलाई सत्य नै हो अडिक हुने तन्त्रमा जीवन निछावर गर्नसक्नुपर्छ । सत्ता र शक्ति प्रभावले हासिल गर्ने राजनीतिको पछि हामी हुनुपर्छ । आफैलाई थुकेर आत्मामा किरा पार्ने काम जीवनले गर्नुहुन्न । मलाई त्यस्तै लाग्छ । र आगामी चुनाव, प्रतिगामी विरुद्धको अग्रगामी यात्रा हो । व्यक्तिवादी सिद्धान्त सोच विपरितको समाजयुक्त प्रतिनीधित्वको लागि हो । भ्रष्टचारविरुद्धको सदाचार हो । राष्ट्रिय सम्पत्ति आफुखुशी दोहनविरुद्धको एउटा फैसला हो । मानोमानी नीति जस्लाई विकास भनिईयो त्यस विरुद्धको एउटा आत्मा आवाज हो । यो हामीले सुन्नुपर्छ । र हामीमा भ्रम छर्न राजनीति गर्नेहरु पनि छन् ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -