२०८२ चैत्र १ गते, आईतवार ०५:३३

खार्पुनाथ बेलीब्रिज निर्माण ढिलाइले रोकेको सिमिकोटको सडक सपना

निर्माणाधीन कर्णाली राजमार्ग


२८ माघ, काठमाडौं । हुम्ला सदरमुकाम सिमिकोट अझै पनि राष्ट्रिय सडक सञ्जालमा पूर्णरूपमा जोडिन सकेको छैन । सोहीकारण सरकारले सबै जिल्ला सदरमुकामसम्म सडक पुर्‍याउने लक्ष्य हरेक वर्ष राख्दासमेत पूरा नभएको हो ।

सडक विभागका अनुसार सिमिकोट राष्ट्रिय सडक सञ्जालमा अस्थायी रूपमा मात्र जोडिएको छ । तर, खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज नबन्दा सदरमुकाम पूर्णरूपमा सडक सञ्जालमा जोडिन नसकेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार अबको तीन महिनाभित्र खार्पुनाथमा पुल बनाइ सक्ने योजना छ ।

यसबाट हुम्ला सदरमुकाम सिमिकोटसम्म राष्ट्रिय सडक सञ्जाल स्थापित हुनेछ । मन्त्री दाहालले मिति नै तोकेर तीन महिना समय दिएका छन् ।

उनले चट्टान छेड्दै नेपाली सेनाको सहयोगमा यो सडक बनाइएको समेत बताएका छन् । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार अहिले बेलीब्रिज निर्माणको काम भइरहेको छ ।

यसको निर्माण अबको तीन महिनाभित्र सकिने अपेक्षा गरिएको र त्यसपछि वर्षायाममा समेत सिमिकोटसम्म सडक सुविधा पुग्ने छ ।

अहिले हिउँद याममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्याक्टर, स्क्याभेटर, डोजर सहित साना सवारीसाधन समेत चल्ने गर्छन् । पानीको बहाब बढेपछि भने सडक बन्द हुने गरेको छ ।

हुम्ला जिल्ला सडकसँग भने यसअघि नै जोडिएको थियो । अन्य ७६ जिल्ला सदरमुकाममा भने यो सुविधा पुगिसकेको छ । सिमिकोटमा नेपालतर्फबाट सडक पुर्‍याउन निकै मिहिनेत गर्नुपरेको छ । उता सिमिकोट–हिल्सा खण्डमा भने नियमित सवारीसाधन चल्छन् । यस खण्डमा ट्याक्टर र जिपले नियमित सेवा दिइरहेका छन् ।

गत वर्ष रसुवागढी हुँदै चीनतर्फबाट दुई वटा बस समेत पुर्‍याइएको छ । विगतमा हेलिकप्टरबाट सवारीसाधन ढुवानी गरेर लगिएको थियो । अहिले भने तिब्बतको बाटो हुँदै हुम्लामा सवारीसाधन लैजान सहज भएको छ ।

हुम्लामा निर्माण भएको सडक अझै कच्ची छ । खार्पुमा पुल निर्माणका लागि २०७८ सालमै ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । कर्णाली करिडोर नियमित सञ्चालनमा ल्याउन र सदरमुकाम सिमिकोटलाई सडक सञ्जालमा नियमित जोड्न यो पुलको महत्त्व छ ।

उत्तर–दक्षिण कर्णाली करिडोरको कुल लम्बाइ १ सय ४५ किलोमिटर छ । यो आयोजना २०६५/६६ देखि सुरु भएको थियो । तर, यस आयोजनाको भौतिक प्रगति ३० प्रतिशत हाराहारी मात्र पुगेको छ ।

कर्णाली करिडोर अन्तर्गत अहिलेसम्म १७.७ किलोमिटर खण्डस्मिथ र १ सय ३५ किलोमिटर कच्ची सडक बनेको छ । कालोपत्र हुन बाँकी छ । नेपाली सेनाले जिम्मा लिएको लालिबगर–दुल्लीकुन्ना खण्ड र घाट पारिचौर–बद्रिगाउँ–भुक्काखोला खण्डको कुल २२.०५ किलोमिटर सडकको भौतिक प्रगति ७२.५६ प्रतिशत छ । यस खण्डमा १५.३५ किलोमिटर ट्र्यक खन्ने काम सकिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM