Wednesday, November 27, 2024
घरसमाचारपाटनमा अस्ट्रियाली कलाकारको ‘प्यान्टोमाइम’ हास्यव्यंग्य

पाटनमा अस्ट्रियाली कलाकारको ‘प्यान्टोमाइम’ हास्यव्यंग्य

काठमाडौं । अष्ट्रियाली कलाकार मारिआना डे मेओ र रोमन मारिया मुल्लरले काठमाडौंमा ‘प्यान्टोमाइम’ नामक हास्यव्यंग्य प्रस्तुत गरेका छन् । कमेडीको एक सशक्त विधा मानिने यो विधा विशेषगरी युरोपेली मुलुकमा चर्चित छ ।

पाटन संग्रहालयमा आयोजित समारोहमा उनीहरुले कला प्रस्तुत गरे । कला-संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।

यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । ‘कूटनीतिक, राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन, सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ’ नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने ।

यस्ता कार्यक्रमले एकअर्काको सांस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए । समारोहमा दूतावासको सांस्कृतिक फोरमका निर्देशक माइकल पल र श्रीमती इरेना पल पनि सहभागी थिए ।

प्यान्टोमाइम कमेडीमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा भनिन्छ । दूतावासले सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत यस्ता कार्यक्रमलाई अघि बढाउने जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -