१ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दले नेपालका लागि पहिलो गोल गरेका छन् । रोहितले राष्ट्रिय टिममा डेब्यू गरेको १५ वर्षपछि वर्षपछि रोहितले नेपालका लागि गोल गरेका हुन् ।
ताजिकिस्तानको डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भईरहेको अफगानिस्तानसँगको खेलमा रोहितले दोस्रव हाफ गोल गरेका हुन् । नेपाल खेलमा २-० ले अगाडि छ । पहिलो गोल जिलेस्पीजंग कार्कीले गरेका थिए ।
आजभन्दा एक दशकअघि नै रोहितलाई नेपालका लागि पहिलो गोल हान्ने अवसर थियो । २०१३ को साफ च्याम्पियनसिप सेमिफाइनलमा रोहितले घरेलु मैदानमै अफगानिस्तान विरुद्ध पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।
तर ११ वर्षपछि संयोगवस रोहितले अफगानिस्तानसँगकै खेलमा नेपालका लागि आफ्नो पहिलो गोल गरे ।
रोहित हाल नेपालका लागि दोस्रो सर्वाधिक धेरै खेल खेल्ने खेलाडी हुन् । कप्तान किरण कुमार लिम्बुले नेपालका एक सय क्याप जितिसकेका छन् ।