Saturday, November 16, 2024
घरसमाचारनौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा




नेपालगञ्ज । नौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताउनुभएको छ । 

प्रेस चौतारी बाँकेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउँदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व हो भन्नुभयो । लगानी प्रवद्र्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताउनुभयो । उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री भण्डारीसँग गरेको छलफलमा उहाँले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरूसँग विमर्श गरिने जानकारी दिनुभयो ।  

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -