Sunday, January 12, 2025
घरसमाचारसार्वजनिक प्रसारण सेवा विधेयकको विनियमावलीमा कर्मचारीको अधिकार सुनिश्चित गर्नुपर्नेमा संघसंगठनको जोड

सार्वजनिक प्रसारण सेवा विधेयकको विनियमावलीमा कर्मचारीको अधिकार सुनिश्चित गर्नुपर्नेमा संघसंगठनको जोड

काठमाडौँ । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको चरणमा रहेको सार्वजनिक प्रसारण सेवा विधेयकको आगामी चरणको सम्बन्धमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा क्रियाशील विभिन्न संघसंगठनहरु एक ढिक्का भएर अघि बढ्न सहमत भएका छन् । 

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रुपमा रूपान्तरण गर्ने नेपाल सरकारको योजना अनुसार हालै मात्र संसदबाट विधेयक पास भई राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गर्ने तयारी भइरहेको अवस्थामा रेडियो नेपाल कर्मचारी सङ्घले रेडियो नेपाल र नेपाल टेलिभिजनमा क्रियाशील कर्मचारी संघ सङ्गठन युनियन, नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी र अस्थायी ज्यालादारी सङ्गठनका प्रतिनिधिहरू वीच बृहत् छलफल सम्पन्न भएको थियो । 

रेडियो नेपाल कर्मचारी सङ्घको आयोजनामा दुवै संस्थामा क्रियाशील संघसंगठनका प्रतिनिधिहरुको संयुक्त बैठकले कर्मचारी विनियमावली निर्माण हुने बेला सबै संघसंगठनहरुको साझा धारणा तय गरी सुझाव दिने एवं चनाखो भई आफ्नो अधिकार सुनिश्चित गर्नु पर्नेमा जोड दिनुभयो ।   

दुवै सदनबाट पारित भई सार्वजनिक सेवा प्रसारण विधेयक केही दिन भित्रमा नै राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा रहेको अवस्थामा दुई संस्थाका ट्रेड युनियनहरू संयुक्तरुपमा जुटेका हुन । 

सबैले संघसंगठनका विचारधारा फरक भएपनि साझा अधिकारका निम्ती एकै ठाउँमा उभिएर आवाज बुलन्द गर्नुपर्ने, विनियमावली निर्माण गर्दा कर्मचारीको पनि प्रतिनिधित्व हुनुपर्ने, सार्वजनिक सेवा प्रसारण एउटा गौरवको विषय भएको हुँदा  कर्मचारी समायोजन गर्दा   कम्तीमा एक तह बढुवा गरिनुपर्ने र दुवै संस्थाका संघ सङ्गठनको प्रतिनिधित्व हुने गरी कार्यदल गठन गरी  आवश्यक सरसल्लाह र भूमिका बढाउनु पर्ने र उक्त कार्यदलले विशेष भूमिका खेल्नु पर्ने धारणा राख्नु भयो । उहाँहरूले कर्मचारी वृद्धि विकास, ट्रेड युनियन अधिकार प्रति पनि चनाखो हुनु पर्नेमा जोड दिनु भयो ।

संयुक्त बैठकमा रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, उपमहासचिव विदुरप्रसाद अधिकारी, कर्मचारी संघका रुक्मिणी पोखरेल, मिडिया फोरमका अध्यक्ष दुर्गा फुयाँल, कर्मचारी युनियनका सचिव धनेश्वर खनाल, प्रेस चौतारीका अध्यक्ष बेञ्जु सुवेदी, पत्रकार महासंघका सचिव अर्जुन सापकोटा, कर्मचारी सङ्गठनका  प्रमोद भट्टराई, प्रेस युनियनका अध्यक्ष प्रवीण पोख्रेल, करार संघका अध्यक्ष खड्ग गन्दर्भ र नेपाल टेलिभिजन पत्रकार महासंघका अध्यक्ष दीपकजंग हमाल, कर्मचारी संघका गोपाल दाहाल, कर्मचारी युनियनका अध्यक्ष भोजराज विश्वकर्मा, प्रेस युनियनका अध्यक्ष ममता कोइराला, प्रेस चौतारीका अध्यक्ष रामबाबु अधिकारीलगायतले भनाइ राख्नु भएको थियो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -