२०८२ मंसिर २६ गते, शुक्रबार २१:४९

कृषि विश्वविद्यालयको कृषि संकायको प्रवेश परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

१० असोज, चितवन। विद्यार्थी झडपका कारणले झण्डैं एक महिनादेखि बन्द रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि संकायको प्रवेश परीक्षामा झण्डैं ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

चितवनको मैयादेवी कन्या कलेज र काठमाडौंको पद्यमकन्या बहुमुखी क्याम्पस, बागबजारमा बुधबार एकसाथ भएका प्रवेश परीक्षामा १२३० जना विद्यार्थी सहभागी भएकोमा ९४५ जना उत्तीर्ण भएको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठले जानकारी दिए। काठमाडौंमा लिइएको प्रवेश परीक्षाको कपिलाई पनि भरतपुर नै ल्याएर परीक्षण गरिएको हो।

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकटको अनेरास्ववियुका बीचमा गत भदौ १३ गते छात्राबासमा झडप भएर झण्डैं एक दर्जन विद्यार्थी घाइते भए पछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ । विश्वविद्यालय बन्द नै रहे पनि पूर्व निर्धारित समय र तालिका अनुसार नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा भने लिन सफल भएको डीन श्रेष्ठले बताए ।

ठूलो तनाबका बीचमा प्रवेश परीक्षा गर्न सफल भइयो, नतिजा पनि राम्रो नै आयो भन्नुपरो, डीन श्रेष्ठले भने, अब सहज बातावरण बनाएर भर्ना गर्नुपर्छ भन्ने लाग्छ, सकभर चाँडै गछौं। उत्तीर्ण भएका विद्यार्थी मध्ये १६५ जना विद्यार्थी कृषि संकाय रामपुरमा नै अध्ययन गर्न पाउँछन् भने, ८ जना आंगिक कलेजहरु मध्ये ६ वटामा ५४÷५४ जना र बाँकी २ वटामा ४९÷४९ जना भर्ना लिइने डीन श्रेष्ठले जानकारी दिए ।

बन संकाय हेटौंडाको प्रवेश परीक्षा गत असोज १ गते नै लिएर विद्यार्थी भर्ना समेत भैसकेको छ । बन संकायमा ८० जना र आंगिक कलेज उदयपुरको कटारीमा २१ जना विद्यार्थी भर्ना भएका छन् ।

पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आवेदन फाराम नै खुल्न बाँकी छ । विद्यार्थीको कोटा थपमा भेटेरेनरी काउन्सिलको स्वीकृतीको प्रकृया अगाडि बढेको जनाइएको छ ।

विश्वविद्यालय कहिले खुल्छ ?

गत भदौ १३ गते विद्यार्थी झडपका कारणले बन्द रहेको कृषि विश्वविद्यालय अझै खुल्न सकेको छैन । विद्यार्थी संगठन, राजनीतिक दलसहित प्रहरी प्रशासनले पटकपटक छलफल तथा वार्ता गरे पनि बन्द खुल्न सकेको छैन ।

नेविसंघका विद्यार्थी माथि आक्रमण गर्ने अनेरास्वबियुका विद्याथीलाई कलेजबाट निष्कासन गर्नुपर्ने लगायतका माग पुरा नभएकोले बन्द यथावत राखेको जनाइएको छ ।

नेविसंघका विद्यार्थी माथि आक्रमण गरेको आरोप अनेरास्ववियुका ३ जना विद्यार्थीहरुलाई किटानी जाहेरीका आधारमा पक्राउ गरिएको थियो । उनीहरू सबै जना छुटिसकेका छन् । उनीहरुलाई हाजिरी जमानीमा छाडिएको चितवनका प्रहरी प्रमुख एसपी भावेष रिमालले जानकारी दिए ।

यस्तैं, अनेरास्वबियुले झडपमा आफ्ना विद्यार्थी पनि घाइते भएको भन्दैं नेविसंघका ९ जनासहित अन्य केही विद्यार्थीहरु विरूद्ध किटानी जाहेरी दिएका थिए तर, प्रहरीले एकै घटनामा दुई वटा जाहेरी लिन नमिल्ने भने पछि सरकारी वकिल कार्यालयमार्फत मुद्दा गरिएको थियो ।

विद्यार्थीहरुको झडपपछि छात्रावासहरु खाली गराइएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीको कार्याकाल असोज ८ गते सकिएको छ । रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बन्द रहेको विश्वविद्यालय खुलाउन विभिन्न प्रयासहरु जारी राखेको बताइन् ।

विश्वविद्यालयको सबै तहमा गरेर अहिले ४ हजार १९१ जना विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा ३ हजार ५५०, स्नातकोत्तरमा ५२६ जना पढिरहेका छन्। ११५ जनाले विद्यावारिधी गरिरहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM