Wednesday, November 27, 2024
घरसमाचारराष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान




काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको हो ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० गते आइतबार अपराह्न ५ः०० बज भित्र दाबी पेश गर्न आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा १००को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मत सम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको ब्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको आजै पत्र प्राप्त हुन आएकाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -