– प्रशान्त महासागर
कुरा आजभन्दा ३० वर्ष अगाडि थियो । जनवाद मरेको थिएन् । दुईचार जना सहिद बनिसकेका थिए । तिनीहरुका सपना साकार हुनेछ अर्को सपना बेच्दै गरेको समय थियो । राष्ट्रवादले भोक मेटाउने चर्को चर्को स्वरहरु थिए । प्रजातन्त्र छल सिक्ने मौका पनि पाई सकेको थियो । हामी पनि भोक र सौखले खर्चिने प्राणी बनि सकेका थियौं । त्यतिबेला भनिमण्डल कोहि हामीलाई किनेर बेच्ने मान्छे थियो भन्ने सुइँको पाए अनुरुप त्यहाँ पुगेका थियौं । को रहेछ किन्ने अनि कहाँ बेचिने भन्ने बुझ्दै जाँदा कृश्चियन बन्ने र मेक्सिको हुँदै अमेरिका पुग्ने । हामी दंग भयौं । र प्रक्रिया बुझ्न थाल्यौं । सुरुमा २ लाख बुझाउनुपर्ने अनि अर्को अमेरिका पुगेपछी अर्को थप तीन लाख बुझाउनुपर्ने । कृश्चियन शरणार्थी भै अमेरिका छिर्ने र जीवनका सौखहरु पैसामा तौलेर आफुलाई बेच्ने हुन त त्यतिबेला ठिक लागेको थियो । राजनीति बिग्रेको थिएन् । नेताको प्रजातन्त्र ल्याउने अभिभारा पूरा गरिसकेको थिए । अब बाँकी भनेको आफुलाई व्यवस्थित गर्नु थियो या पैसामा बेच्नु थियो । यो ज्यान बेचेको भए सायद अलि सान हुनेथियो कि अहिले लागेको यहि नै हो । जनताको लागि ल्याएको लोकतन्त्र पनि प्रजातन्त्र भन्दा सिन्को फरक नहुनुले जीवन आज जिउँदै जलेको छ । ठेक्कातन्त्रलाई विकास खाडा ओड्न दिनु श्रापित जीवन होईन् भन्दै उत्पादन योजना थप्प पार्नु विकास बनेको छ । नेता किन्नु र बेच्नु देखि लुटलाई राजनीति बनाएको छ । यदि आजको नेपाल यस्तो हुनेथियो भने उहिल्यै आफुलाई बेच्नुपर्ने थियो । तर त्यो पनि डरले जित्यो शुरुमा जोडजाम गर्नुपर्ने २ लाख जोड्न सकिन् । आफुलाई बेच्न पाइन् । अवसर खोज्न सकिन् । भेडा बनी आफैलाई चराइ रहें । तर आँट हुनेले आज भुटानी हुँ भन्न खोजेका छन् ।
देशले अवसर दिन सकेन् । राजनीतिलाई लाजनीति होईन् भन्न सकेन् । श्रम किन्ने योजना हुनुपर्नेमा श्रम बेच्ने नीति नै देश अर्थतन्त्र बनेको अवस्थामा देश भुटानी जन्मिनु नौलो कुरा होईन् । राज्यले जनता मेरा हुन् भन्न सक्ने वातावरण तयार गर्न नसक्दा सृजना भएको परिवेश परिस्थिति भ्रष्टाचार हुन् भने त्यसमा श्रम बेच्दा पाउने जस्तो कमिसन नपाएको हुनुपर्छ । म्यानपावर खोल्न दिएर खुलेआम मानव तश्करलाई वैधानिक भन्नू भ्रष्टाचार हो त्यो कसरी कानूनले व्याख्या गरेनन् ? अवसर खोज्दै जन्मभूमि छोड्नु अपराध थिएनन् भने मलाई मेरो देश मन परेन् म अब जसरी भएपनि विदेश नै जाने हो । देश परित्याग नै गर्ने गर भन्नू भ्रष्टाचार हुन्छ र ? म अलिक बुझिन् । राज्य शासन मन लागि चलाउने अनि त्यसको असन्तुष्टि पोख्नु अपराध हो र ? यदि यस्तै यस्तै कमिसन नमिल्ने कुराले भ्रष्टाचारको पोशाक धारण गर्ने हो भने कमिसन मिल्ने आयात किन भ्रष्टाचार होईन् र ? अहिले परिवेशमा खाना देखि हग्ने परिवेशमा समेत भ्रष्टाचार हुने गरेको छ । त्यसको निदान के छ ? के राज्य परिभाषा सहितको हतियार उठाउन सक्छ ? परिभाषा बेगर भ्रष्टाचार कहाँ छैन् ? सोझो र इमानदारीपुर्वक निर्वाह गर्ने जीवनले आत्माहत्या भन्दा अरु केही गर्न सक्दैन् । हामीले भनिरहेको भन्दै गरेको भ्रष्टाचार कस्तो हो ? एक जना कर्मचारी अफिसमा समयमा पुग्दैन् के त्यो सदाचारी हो ? अफिसलाई बेचेको समयमा मोबाइल चलाउनु भ्रष्टाचार हो । आनाकानी गर्नुपनी भ्रष्टाचार हो । परिभाषा र परिस्थिति फरक होला तर देश भ्रष्टाचारबाट हुर्केको छ बाँचेको छ । रेमिटेन्सबाट देश चल्नुपनी भ्रष्टाचार नै हो । राज्य व्यवस्थाले उत्पादन गर्न नसक्नु र ऋणमा देशको भविष्री निर्धारण गर्नुपनी भ्रष्टाचार नै हो । शिक्षा नीतिको बेथिति विसंगति सबै भ्रष्टाचार नै हुन् । त्यसको लागि राज्यले हतियार उठाउनुपर्छ ।
अन्तमा, भुटानी शरणार्थी काण्ड भ्रष्टाचार नै हो र ? कतै सरकारले कमिसन नपाएर भ्रष्टाचार भनेको त होईन् ? यदि भ्रष्टाचार भएकै हो भने अवसर खोज्ने भ्रष्टाचारी कि मानवीय सोचको कमिलाई कमिसन बुझ्ने भ्रष्टाचारी ? साथै भ्रष्टाचारकै कुरा गर्ने हो भने कानून संगत सरकारी कर्मचारीका सन्तान सरकारी स्कुलमै अध्ययन गराउनुपर्छ भने विधेयक भ्रष्टाचारी हो कि होईन् ? यदि साँच्चिकै भ्रष्टाचार निर्मुलको चाहेकै हो भने यसपालि सिधै भ्रष्टाचार विरुद्ध मृत्युदण्डको सजाय तोक्न सक्नुपर्छ । अनि मात्र अर्थ रहन्छ होईन् भने व्याख्या विश्लेषण र परिभाषा फेरिरहन्छ्न् । भ्रष्टाचार भई रहन्छन् । रुप बदलेर दुनियाँ हसाउने कार्य भई रहन्छन् । निदान आवश्यक छ । अब राष्ट्रवादले हतियार चलाउनुपर्छ । कलममा खिया लागि सकेको छ । अब राज्यले आतंक मच्चाउनुपर्छ ।