२०८१ चैत्र १९ गते, मंगलवार २२:३४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

मेयर कप भलिबल : निलकण्ठ र ललितपुरलाई उपाधि

१४ चैत, काठमाडौं । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न प्रतियोगितामा महिलातर्फ निलकण्ठ र पुरुषतर्फ आयोजक ललितपुर च्याम्पियन बनेको हो ।

महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै उपाधि जितेको हो । निलकण्ठले महालक्ष्मीलाई २५-१५, २५-२३, २७-२५ ले हरायो ।

पुरुषतर्फ आयोजक ललितपुरले महांकाल गाउँपालिकालाई ३-० को सेटमा हराउँदै उपाधि जित्यो । ललितपुरले महांकाललाई २५-१७, २५-२०,२५-१७ ले पराजित गर्‍यो ।

यसैगरी पुरुषतर्फ मन्थली नगरपालिका तथा महिलातर्फ आयोजक ललितपुर तेस्रो भयो । मन्थलीले मेलुङ गाउँपालिकालाई २५-१५, २५-१६,२५-२२ काे स्काेरमा हरायो । यस्तै महिलातर्फ ललितपुरले बिगु गाउँपालिकालाई हराउँदै तेस्राे भयाे।

प्रतियोगिताको महिलातर्फ विजेता निलकण्ठ र पुरुषतर्फ विजेता ललितपुरले समान दुई लाख पुरस्कार प्राप्त गरे । यस्तै महिलातर्फ उपविजेता महालक्ष्मी र पुरुषतर्फ उपविजेता महांकालले एक लाखमा चित्त बुझायो । तेस्रो हुनेले ५० हजारमा प्राप्त गरे।

गत चैत १० गतेबाट सुरु भएको यस प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १४ टिमको सहभागि थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्