Monday, March 31, 2025
घरसमाचारअमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् ।

ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।

ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् । उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।

विज्ञहरु के भन्छन् ?

विज्ञहरुको अनुमान भने ट्रम्पको भनाइभन्दा फरक छ । उनीहरुका अनुसार ट्रम्पको यो कदमबाट अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्छ, मूल्य बढ्न सक्छ र सहयोगी देशसँगको सम्बन्ध बिग्रिन सक्छ ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो, जसको मूल्य करिब २४० बिलियन डलर थियो ।

अमेरिकामा सबैभन्दा बढी मेक्सिकोमा बनेका कार आयात हुने गर्दछन् । त्यसपछिको सूचीमा दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् । बीबीसीका अनुसार ट्रम्पको नयाँ कदमले विश्वस्तरमा हुने कारको व्यापार र यसको वितरण प्रणाली प्रभावित हुने खतरा छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -