१३ चैत, बुटवल । बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ ।
एपीएफले आयोजक रुपन्देही-११ लाई र संकटाले जर्जियन एफसी कालिम्पोङ भारतलाई पराजित गर्दै से्मिफाइनलमा पुगेका हुन् ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा दिउँसो ३ बजेपछि खेल सुरु हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।
यी दुई बीचको विजेताले मच्छिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेडबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग उपाधिका लागि फाइनल खेल्ने छ ।
चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई नगद ३१ हजार रुपैयाँका दरले तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल पुरस्कार दिइने संघका अध्यष लोक पुनले बताए ।
नेपालमा हुने क श्रेणीका चार गोल्डकपमध्येको एक तिलोत्तमा गोल्डकपमा दुई विभागीय र भारतका दुईसहित ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।