Saturday, March 29, 2025
घरसमाचारज्ञानेन्द्र ढुंगानाले नबिल बैंक सीईओबाट दिए राजीनामा

ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक सीईओबाट दिए राजीनामा

१२ चैत, काठमाडौं । नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।

गभर्नरको उम्मेदवार बन्नका लागि उनले राजीनामा दिएको स्रोतले जनाएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । उनी सीए हुन् ।

मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्नेछ । सिफारिसमा परेमा नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -