राकेश गुप्ता/सर्लाहीको हरिपुर नगरपालिकामा क्षयरोग मुक्त अभियान सुरु गरिएको छ । हरिपुर नगरपालिकाले क्षयरोगी पता लगाउन र तिनिहरुलाई निशुलक अौषधी प्रदान गर्न अभियान नै सुरु गरेको छ।
यसैक्रममा आज आइतवार हरिपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हरिपुरमा विश्व क्षयरोग दिवस मनाइएको छ ।
हामी क्षयरोग अन्तय गर्न सकछौ।लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता । मुल नाराका साथ क्षयरोग दिवस मनाइएको हो ।
क्षयरोग दिवसको अवसरमा र्याली कार्यक्रम समेत गरिएको छ। नगरपालिका बाट सुरु गरि नगर परिक्रमा गर्दै हरिपुर बजारमा र्याली कोणसभा परिणत गरिएको थियो ।
यसैगरी दिवसको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र, हरिपुरको सभाहलमा क्षयरोगीसँग अन्तरक्रिया तथा फलफुल, हर्लिक्स पनि वितरण गरेर यो दिवस मनाइएको हरिपुर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । दिवसको अवसरमा ४२ जना क्षयरोगीलाई फलफुल तथा हर्लिक्स वितरण गरिएको छ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरेका हरिपुर नगर प्रमुख गोपाल पंजियारले क्षयरोगीहरु डाक्टरको सल्लाह अनुसार नै औषधी सेवन गर्न आग्रह गर्नुभयो ।
हरिपुर नगरपालिकाले विगत तीन वर्ष देखि क्षयरोग मुक्त अभियान सुरु गरेपनि राष्ट्रिय क्षयरोग मुक्त अभियान नेपाल अन्तर्गत यश वर्षबाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।राष्ट्रिय क्षयरोग मुक्त अभियान नेपाल अन्तर्गत हरिपुरमा चालु आर्थिक वर्षमा ५० जना क्षयरोगी लाई पहिचान गरि नि:शुल्क अौषधी समेत प्रदान गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले जानकारी दिनुभयो ।
क्षयरोग लागेमा २ हप्ता भन्दा बढी समय एकनासले खोकी लाग्ने, खकारमा रगत देखनु, अल्का ज्वरो आउने, राति धेरै पसिना आउने, मुख सुक्नु, खान मन नलाग्न, तौल कम हुदै जानू, थकान र कमजोरी महसुस हुने लगायतका लक्षणहरु देखा पर्ने हरिपुर नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक नरेश ठाकुरले जानकारी दिनुभयो ।
क्षयरोग रोकथाम गर्न सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मानसिक तनाव कम गर्ने, सन्तुलित आहारको प्रयोग गर्ने, मदिरा वा लागुपदार्थ सेवन नगर्ने, बेला बेला छातीको एक्सरे गराउने, २ हप्ता भन्दा बढी खोकी र ज्वरो आए वा अन्य लक्षण देखिए परिक्षण गराउने र शिशु जन्मने वितिकै बिसीजी खोप लगाउनेपर्ने हरिपुर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक ठाकुरले जनाएको छ ।