Sunday, March 30, 2025
घरसमाचारमैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् ।

लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।

मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -