१० चैत, काभ्रे । काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा चौरीदेउराली गाउँपालिका-२ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेका छन् ।
शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । चट्याङ् लागेर घाइते भएका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।
उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिए।