Friday, March 28, 2025
घरसमाचारगोलकर्ता जिलेस्पी भन्छन् : मलेसियाविरुद्ध पनि यही लय कायम राख्छौं

गोलकर्ता जिलेस्पी भन्छन् : मलेसियाविरुद्ध पनि यही लय कायम राख्छौं

८ चैत, काठमाडौं । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १-० ले हरायो । नेपालको जितमा जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे ।

उनले टिमको मिहिनेतले आफूले गोल गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिए । ‘एकदम खुसी लागिराछ, मेरो गोल भन्दा पनि सबै टिमले राम्रो खेले’ उनले भने, ‘सम्पूर्ण खेलाडी, कोचिङ स्टाफ, यहाँ हेर्न बउनुभएका दर्शक र नेपालमा हेर्ने दर्शकलाई धन्यवाद भन्न चाहन्छु।’

यस्तै सिंगापुरविरुद्धको जितले मलेसिया विरुद्ध हुने एएफसी एसियन कप छनोट खेलमा पनि मनोबल उच्च हुने बताए ।

‘हामी यही लय कायम राख्दै मलेसियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्नेछौं’ जिलेस्पीले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -