Saturday, March 22, 2025
घरसमाचारएनआईएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ विजेता

एनआईएमबीले घोषणा गर्‍यो ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ विजेता

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ अन्तर्गतका विजेता घोषणा गरेको छ ।

यो कार्यक्रम चाडपर्वका अवसरमा १७ सेप्टेम्बरदेखि ३१ अक्टोबर २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो ।

यो कार्यक्रम अन्तर्गत नेपालभरिका २५ विजेतामध्ये ६ जना एनआईएमबीका ग्राहक विजयी भएका छन् । कुल विजेताको २४ प्रतिशत एनआईएमबीका ग्राहक रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवद्र्धनमा बैंकको योगदानलाई स्पष्ट पारेको बैंकले जनाएको छ ।

एनआईएमबीका विजेतामा मनोजमोहन प्रधान, निशेष ढुंगाना, बिना चलिसे, टिकाराम शर्मा, सरोजप्रसाद प्रधान र मिना कार्की छन् ।

चाडपर्वका अवसरमा बैंकले नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याएको थियो । यस अभियान अन्तर्गत विजेतालाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउन्ड ट्रिप हवाई टिकट प्रदान गरिने बैंकले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -