Monday, March 17, 2025
घरसमाचार‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने

‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने

३ चैत, काठमाडौं । नेपालमा पर्यटन प्रवर्द्धन र नवप्रवर्तन प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन परियोजना प्रदर्शनी २०२५’ हुने भएको छ ।

एलिसन हस्पिटालिटीको आयोजना र काफल्सको व्यवस्थापनमा सञ्चालन हुने यो प्रदर्शनी आगामी १५, १६ र १७ वैशाखमा काठमाडौंमा हुनेछ ।

‘नेक्स्ट–जेन टुरिज्म : फिल्ड टु फ्युचर’ नारासाथ आयोजना गरिने तीन दिने कार्यक्रममा ५ विद्यार्थीको समूहमा १० समूहले प्रतिस्पर्धा गर्दै पर्यटन क्षेत्रका नवीन परियोजना प्रस्तुत गर्नेछन् ।

सहभागी टोलीलाई उद्योग विशेषज्ञ तथा मार्गदर्शकले प्रशिक्षित गर्नेछन्, जसले उनीहरूलाई पर्यटनको दिगोपन, नवप्रवर्तन र आर्थिक सम्भाव्यता जस्ता पक्षमा केन्द्रित गराउन मद्दत गर्ने छ ।

कुनै पनि विश्वविद्यालयबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले यस कार्यक्रममा भाग लिन पाउने छन् । प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीले अवधारणापत्र पेस गर्नुपर्ने छ । उत्कृष्ट १० अवधारणापत्र छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइने छ । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

विजेता समूहलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार र सहभागी समूहलाई १० हजारका दरले नगद पुरस्कार, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्रदान गरिने छ ।

‘नेक्स्ट–जेन टुरिज्म : फिल्ड टु फ्युचरले पर्यटनका नयाँ अवधारणा र समाधान प्रस्तुत गर्ने छ, जसले पर्यावरण, साहसिक र खेलकुद, सांस्कृतिक तथा सम्पदा, स्मार्ट सिटी तथा ग्रामीण, ग्यास्ट्रोनोमी तथा पाककला र स्वास्थ्य तथा ध्यान पर्यटन क्षेत्र समेट्ने छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -