Sunday, March 16, 2025
घरसमाचारमहिला राष्ट्रिय कबड्डीमा पहिलो दिन कर्णालीको दोहोरो जित

महिला राष्ट्रिय कबड्डीमा पहिलो दिन कर्णालीको दोहोरो जित

१ चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो दिन कर्णाली प्रदेशले दोहोरो जित हात पारेको छ ।

त्रिपुरशेवरस्थित राष्ट्रिय कभर्डहलमा भएको प्रतियोगितामा समूह ए मा रहेको कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५१-२६ ले हरायो । उक्त खेलमा विनिता पण्डित क्षेत्री पुलेअर अफ दि म्याच बनिन् ।

यस्तै दोस्रो खेलमा कर्णालीले कोशी प्रदेशलाई ५९-२९ को फराकिलो अन्तरले हरायो । यस खेलमा पनि विनिता नै प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह ए अन्तर्गत नै भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई २९-२१ ले हराउँदै विजयी सुरुवात गर्‍यो । आर्मीकी गंगा घिमिरे प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह ए कै अर्को खेलमा पुलिसले कोशी प्रदेशलाई ५८-२७ ले हराउँदै पहिलो जित हासिल गर्‍यो । यस खेलमा पुलिसकी मानमती विष्ट प्लेअर अफ दि म्याच घोषित भइन् ।

यसैगरी पहिलो दिनै भएको समूह बी को खेलमा एपीएफले विजयी सुरुवात गर्दा लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशले मिश्रित नतिजा निकाले ।

एपीएफले पहिलो खेलमा सुदूरपश्चिमलाई ६५-२३ ले हरायो । एपीएफकी रविना चौधरी प्लेअर अफ दि म्याच घोषित भइन् । त्यसपछि सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा बागमती प्रदेशलाई ३३-२९ ले हराएर पहिलो जित हात पार्‍यो । सुदूरकी सृजना धानुक प्लेअर अफ दि म्याच बनिन् ।

त्यसपछि बागमती प्रदेशले पनि लुम्बिनी प्रदेशलाई ४२-३४ ले पराजित गर्दै पहिलो जित निकाल्यो । बागमतीकी सन्जु थामी प्लेअर अफ दि म्याच चुनिइन् । पहिलो खेल हारेपनि लुम्बिनीले मधेश प्रदेशलाई ४२-३२ ले हराउँदै पहिलो जित दर्ता गर्‍यो ।

लुम्बिनीकी सुजा बुढाथोकी प्लेअर अफ दि म्याच घोषित भइन् । प्रतियोगिताको दोस्रो दिन शनिबार पनि समूह चरणका ८ खेल हुनेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -