२९ फागुन, काठमाडौं । एमाले र नेकपा एसनिकटका विद्यार्थी संगठनले त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु चुनावको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएपछि अनेरास्ववियु र अनेरास्ववियूले संयुक्त विज्ञप्ति निकालेर प्रक्रिया अविलम्ब अगडि बढाउन आग्रह गरेका हुन् ।
नेविसंघको आन्तरिक विवादलाई लिएर चुनावी प्रक्रिया नबिथोल्न दुई संगठनले ध्यानकर्षण गराका छन् ।
प्रिन्सिपल कार्यालयमा लगाइएको ताला खोल्न पनि उनीहरूले माग गरेका छन् ।