२९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ ।
काठमाडौंबाट दुई पांग्रे १८२ र चार पांग्रे १३ गरी १९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका मध्ये दुई पांग्रे २३० र चार पांग्रे २३ छन् । जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको छ । लागुपदार्थ सेवन (लापसे) गरेका ८ सवारी नियन्त्रणमा लिइएको छ ।
बाँकी भने ट्राफिक नियम उल्लंघन गरेर चलाइएका सवारी भएको प्रहरीको भनाइ छ ।