Thursday, March 13, 2025
घरसमाचारबिजुलीको झट्का लागेमा तुरुन्त के गर्ने ?

बिजुलीको झट्का लागेमा तुरुन्त के गर्ने ?

बिजुली झट्का लाग्नु एक गम्भीर अवस्था हो ।  जसका कारण मानिसको ज्यान समेत जान सक्छ । तर, बिजुलीको झट्का  लागेपछि समयमा उचित उपचार भयो भने  जोखिमबाट बच्न सकिन्छ ।

खुल्ला तारबाट विद्युतीय झट्का लाग्ने सम्भावना बढी हुन्छ । जसका कारण छाला जल्न सक्छ। कयौं पटक यसबाट शरीरलाई कुनै हानि नदेखिए पनि आन्तरिक रुपमा घातक साबित हुन सक्छ । यस्तोमा कुनै व्यक्तिलाई  विद्युतीय करेन्ट लागेमा ज्यान जोगाउन प्राथमिक उपचार गर्नुपर्छ ।

बिजुली झट्का  भनेको के हो ?

विद्युतीय झट्का एक प्रकारको करेन्ट हो जसमा शरीरमा विद्युतीय प्रवाह बग्न थाल्छ । बिजुलीको झट्का  लाग्दा शरीर भित्र र बाहिरका तन्तुहरु जल्न सक्छन् । बिजुलीको झट्काले अंगलाई पनि क्षति पुर्‍याउन सक्छ । विद्युतीय झट्काले शरीरमा हुने क्षतिको मात्रा भोल्टेजमा निर्भर गर्छ । बिजुली झट्का धेरै कारणले हुन सक्छ ।

बिजुली झट्काको गम्भीरता यी चीजहरूमा निर्भर गर्दछ

बिजुलीको झट्का कति गम्भीर छ निम्न कुराहरूमा निर्भर हुन्छ । जस्तो बिजुलीको भोल्टेज कति थियो ? स्रोतसँग सम्पर्कमा बिताएको समय कति हो ? समग्र स्वास्थ्य अर्थात् झट्का  लाग्दा व्यक्तिको स्वास्थ्य अवस्था कस्तो थियो ? बिजुली झट्का के बाट लागेको  थियो ? करेन्ट वैकल्पिक वा प्रत्यक्ष कस्तो थियो ? लगायतको कुरामा निर्भर हुन्छ ।
वैकल्पिक करेन्ट अधिक गम्भीर मानिन्छ । प्रत्यक्ष प्रवाह त्यति गम्भीर मानिदैन । वैकल्पिक करेन्टको कारण मांसपेशी ऐंठनको जोखिम हुन्छ ।

यदि कुनै व्यक्तिलाई बिजुलीको झट्का लागेको छ भने, उसले तुरुन्तै अस्पताल लगेर चिकित्सकसँग परामर्श गर्नुपर्छ । चिकित्सकले आन्तरिक क्षति पहिचान गरी तुरुन्तै समाधान गर्न सक्छन् ।

यी कुरालाई ध्यानमा राख्नुपर्छ

-यदि कुनै व्यक्तिलाई बिजुलीको झट्का  लागेको छ भने, उसलाई खाली हातले छुनु हुँदैन । यदि त्यहाँ मुख्य स्विच छ भने, यसलाई तुरुन्तै बन्द गर्नुपर्छ ।

-पावर बन्द नभएसम्म हाई भोल्टेज तारको नजिक जानु हुँदैन । यदि तारबाट ‘स्पार्किङ’ आगाेको झिल्का आइरहेको छ भने, लगभग २० फिटको दूरी कायम राख्नुपर्छ ।

यी लक्षण घाइते व्यक्तिमा देख्न सकिन्छ

-बिजुलीको झट्का  गम्भीर भएमा शरीरमा गम्भीर समस्या आउनुका साथै केही लक्षण पनि देखा पर्छन् ।

-गम्भीर जलन

-भ्रमित महसुस हुनु

-सास फेर्न समस्या हुनु

-मुटुको चालको समस्या

-कार्डियाक अरेस्ट (एक्कासी मुटु चल्न बन्द हुनु)

-मांसपेशी दुखाइ र संकुचन

-बेहोस

-प्यानिक अट्याक (एक्कासी छट्पटिनु)

-बिजुलीको झट्का  लागेमा तुरुन्तै यो उपचार गर्नुपर्छ

कोही कसैलाई बिजुलीको झट्का  लाग्दा तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । बिजुलीको झट्का लाग्ने बित्तिकै प्राथमिक उपचार गरेमा व्यक्तिलाई धेरै राहत मिल्छ । साथै, जोखिमबाट पनि बचाउन सकिन्छ ।

यदि कसैलाई बिजुलीको झट्का  लाग्यो भने, तुरुन्तै मुख्य स्विच बन्द गर्नुपर्छ । अब प्लास्टिक वा काठबाट बनेको कुनै पनि स्रोतबाट पीडितलाई टाढा राख्ने प्रयास गर्नुपर्छ ।

यदि व्यक्तिलाई खोकी लागेको छ र सास फेर्न गाह्रो भइरहेको छ भने तुरुन्तै सीपीआर दिनु उचित समाधान हुनेछ । बिजुलीको झट्काले मानिसलाई चिसो महसुस हुन्छ । यस्तो अवस्थामा मानिसलाई चिसोबाट बचाउने प्रयास गर्नुपर्छ ।

जहाँ करेन्ट लागेको छ त्यहाँ ब्यान्डेज गरिदिनुपर्छ । कम्बल र तौलिया प्रयोग गर्नु उचित हुँदैन किनकि यस्ता फाइबर टाँसिने र जल्न सक्छन् ।

कसरी उपचार गरिन्छ ?

बिजुलीको झट्काबाट सामान्य चोटपटक लागेमा उपचारको आवश्यकता पर्दैन । बिजुलीको झट्का  गम्भीर भएमा चिकित्सकबाट आन्तरिक परीक्षण गराउनुपर्छ । बिजुलीको झट्काको तीव्रताको आधारमा उपचार गरिन्छ ।

उपचार गर्दा जलेको ठाउँमा एन्टिबायोटिक मलम लगाइन्छ, दुखाइको औषधि दिइन्छ र ड्रेसिङ गरिन्छ । साथै टिटानसको खोप पनि लगाइन्छ । झट्का  लागेर यदि व्यक्ति स्तब्ध भएको छ भने, चिकित्सकले पूर्ण परीक्षण गर्छन् । गम्भीर झट्का  लाग्दा शरीरको आन्तरिक जाँच गराउनु निकै जरुरी हुन्छ । गम्भीर झट्का लागेमा मुटु सम्बन्धी परीक्षण पनि गरिन्छ । साथै अन्य चोटहरूको पनि निगरानी गरिन्छ ।

के विद्युतीय झट्काले दीर्घकालीन असर गर्छ ?

केही विद्युतीय झट्काले शरीरमा स्थायी प्रभाव पनि पार्नसक्छ । कहिलेकाहीँ बिजुलीको झट्काका कारण स्थायी दागहरू बस्न सक्छ । आँखाबाट विद्युत् प्रवाह भयो भने मोतियाबिन्दुको जोखिम हुन्छ । बिजुलीको झट्काले दुखाइ, झन्झनाहट र मांसपेशी कमजोर हुन सक्छ ।

बिजुलीको झट्काबाट बच्न चाहने हो भने  घरका सबै खुला तारहरू बन्द गर्नुपर्छ । बच्चाहरूलाई खुला तारहरूको पहुँचबाट टाढा राख्नुपर्छ । बिजुलीको बिन्दु छुँदा चप्पल लगाउनुपर्छ ।  साथै, चिसो हातले बिजुलीका उपकरणहरू छुने गल्ती गर्नुहुँदैन ।

केही सावधानी अपनाएमा विद्युतीय झट्काबाट बच्न सकिन्छ । यदि कुनै व्यक्तिलाई बिजुलीको झट्का लागेको छ भने पहिले प्राथमिक उपचार लागू गर्नुपर्छ ।

त्यसपछि जतिसक्दो छिटो अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -