Wednesday, March 12, 2025
घरसमाचारप्रधानमन्त्री कप क्रिकेट: गण्डकीद्वारा कर्णाली पराजित

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीद्वारा कर्णाली पराजित




दाङ । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ । 

लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ गरेको कर्णालीले २७ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनायो । बयानब्बे रनको विजयी लक्ष्य गण्डकीले २९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । गण्डकीका लागि दिपक डुम्रेले अर्धशतक बनाउन सफल भए । उनले ७८ बल खेल्दै सात चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै सुजन गौतमले अविजित २२ रन बनाए । 

बलिङतर्फ कर्णालीका दिवान पुनले तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा पाँच ओभर मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै दीपेन्द्र रावतले दुई तथा युनिस ठकुरीले एक विकेट लिए । 

यसअघि ९१ रन बनाउने क्रममा कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमांशु शाहीले १२ रन बनाए । 

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -