Monday, March 10, 2025
घरसमाचारभक्तपुरको सल्लाघारीमा गुञ्जिए सुशान्त केसी (तस्वीर)

भक्तपुरको सल्लाघारीमा गुञ्जिए सुशान्त केसी (तस्वीर)

काठमाडौं । युवापुस्तमा रुचाइएका चर्चित गायक सुशान्त केसीले शनिबार बेलुका भक्तपुरको सल्लाघारीमा आयोजित कन्सर्टमा भव्य प्रस्तुति दिएका छन् । २ वर्षपछि उनी काठमाडौैं उपत्यकामा गुञ्जिएका हुन् ।

झण्डै १४ हजार दर्शक सुशान्तको यो कन्सर्टमा सहभागी रहेको बताइएको छ । स्टेजमा सुशान्तअघि स्वप्न सुमन र महेश दोङले पनि प्रस्तुति दिए । सुपरहिट गीत ‘सारंगी’ गाउँदा सुशान्तलाई आना शर्माले नाचेर साथ दिएकी थिइन् । यो गीतको भिडियोमा पनि आना फिचर्ड छिन् ।

सुशान्तले आफ्ना हिट गीत दर्शकमाझ प्रस्तुत गरे । पछिल्लोपटक सुशान्तले अमेरिकाको टाइम्स स्क्वायरमा प्रस्तुति दिएका थिए । सुशान्त सन् २०२४ मा युट्युब, स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने, हेरिने नेपाली संगीतकर्मीमध्ये पर्छन् ।

उक्त कन्सर्टमा सुशान्तले नयाँ गीत पनि पहिलोपटक गाए, जसलाई चाँडै म्युजिक भिडियोको रुपमा सार्वजनिक गर्ने तयारी छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -