Friday, March 7, 2025
घरसमाचारवीरगञ्ज गोल्डकप : वीरगञ्ज युनाईटेडलाई पराजित गरी पुलिस फाइनलमा

वीरगञ्ज गोल्डकप : वीरगञ्ज युनाईटेडलाई पराजित गरी पुलिस फाइनलमा




वीरगञ्ज । वीरगञ्जको आदर्शनगर रङ्गशालामा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज भएको सेमिफाइनल खेलको ट्राई बेकरमा वीरगञ्ज युनाईटेडलाई पराजित गरी नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राई बेकरमा पुगेको थियो । ट्राई बेकरमा समेत खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको र दुवै टोलीले ५/५ गोल गरेसँगै पुनः खेल सडेन डेथमा पुगेको थियो । 

सो क्रममा नेपाल पुलिस क्लबका गोलकिपर अजित टमटाले वीरगञ्ज युनाईटेडको तर्फबाट प्रहार गरिएको गोल रोकेसँगै पुलिस क्लब फाइनलमा पुगेको हो । वीरगञ्ज युनाईटेडको यात्रा  ट्राई बेकरको सडेन डेथमा पुगेर रोकिएको छ । 

आज सम्पन्न खेलको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका गोलकिपर अजित टमटा घोषित भएका छन् । 

भोलिको अन्तिम क्वाटर फाइनल खेल मच्छिन्द्र युवा क्लब काठमाडौँ र सहलेस फुटबल क्लब सिराहा बिच हुने कार्यक्रम रहेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

भोलिको खेलको विजेता र नेपाल पुलिस क्लब उपाधिका लागि आगामी फागुन २४ गते भिड्ने पक्का भएको छ । 

शनिबार बाट वीरगञ्जमा शुरु भएको मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को विजेता नेपाल पुलिस क्लब र उपविजेता नेपाल आर्मी क्लब भएका थिए । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -