Friday, March 7, 2025
घरसमाचारसरकारलाई सांसद शाहीको प्रश्न : यो तम्रो कस्तो लोकतन्त्र हो ?

सरकारलाई सांसद शाहीको प्रश्न : यो तम्रो कस्तो लोकतन्त्र हो ?

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शकमाथि भएको कुटपिटको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रंगशालामा  दर्शक कुटिएको घटनाबारे सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘… प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाहवाह गृहमन्त्रीज्यू, वाहवाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ?’ शाहले प्रश्न गरे ।

सरकारले कस्तो प्रजातन्त्रको अभ्यास गरिरहेको हो भन्ने उनको प्रश्न छ । ‘खुलमखुला भन्नुस्– हाम्रो पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस् हाम पनि तयार भएर बस्छौं,’ शाहीको चेतावनी छ ।

विधिको शासनमा नहुने काम भइराखेको उनको आरोप छ । ‘विधिको शासन खै ?’ उनको प्रश्न छ ।

खुलमखुला मान्छे कुट्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न उनको माग छ । अन्यथा, सडक र सदनमा सरकारको कामकारबाहीविरुद्ध खरो रूपमा आवाज उठ्ने उनको आग्रह छ ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -