Wednesday, March 5, 2025
घरसमाचारमध्यपश्चिम विश्वविद्यालयबाट ३८ सय बढी विद्यार्थी दीक्षित हुँदै

मध्यपश्चिम विश्वविद्यालयबाट ३८ सय बढी विद्यार्थी दीक्षित हुँदै

२० फागुन, सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रवार हुने भएको छ ।

दीक्षान्त समारोहमा ३ हजार ८४१ जना विद्यार्थी दीक्षित हुने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सका डीन सह प्रा. डा. लीलाधर तिवारीले जानकारी दिए ।

दीक्षान्त समारोहबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डीन तिवारीले स्नातक तहमा २ हजार १८९, स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुन लागेको बताए ।

उनका अनुसार सन् २०२२, २०२३ र २०२४ मा पास आउट भएका स्नातकबाट ३ हजार ८४१ जना दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा सहभागी हुन ८ सय ८५ जनाले मात्र फाराम भरेका थिए ।

स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक प्रदान गरिने छ । त्यस्तै सबै ग्र्याजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिस्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना गरी ३५ जना विद्यार्थीहरूले प्रमाणपत्र सहित पदक पाउने डीन तिवारीले जानकारी दिए।

तेस्रो दीक्षान्त समारोह शुक्रबार बिहान ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर, कुइनेपानीमा हुने बताइएको छ । समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराई, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा समेत दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

२०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ७ वटा केन्द्रीय विभाग छन् । विश्वविद्यालयमा ९ वटा विषयमा स्नातक तथा १३ विषयमा स्नातकोत्तर तहमा अध्यापन हुँदै आएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -