Wednesday, March 5, 2025
घरसमाचारखुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटी र ओली वंशावली विजयी

खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटी र ओली वंशावली विजयी

घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा मंगलबार भएका खेलहरूमा दाङ सोसाइटी क्लब र ओली वंशावली क्लबले विजयी सुरुवात गरेका छन् ।

फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दश टिमको सहभागिता रहेको छ ।

जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लव रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार तथा दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -