काठमाडौँ/प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले संसदमा काठमाडौँ महानगरको विकास र सडक पेटीको निर्माण सम्बन्धी चासो व्यक्त गर्दै भन्नुभएको छ।
सम्बोधनको क्रममा सांसद ढकालले काठमाडौँ महानगर विश्वभर परिचित एक सुन्दर, साँस्कृतिक र मौलिकता भएका शहर हो। उहाँले नगर प्रमुख बालेन्द्र शाह र उप-प्रमुख सुनिता डंगोलको नेतृत्वमा धेरै महत्वपूर्ण काम भएको र त्यसका लागि उनीहरूलाई धन्यवाद प्रकट गर्नुभयो।
तर, ढकालले विशेष ध्यानाकर्षण गराएका छन् काठमाडौँको मुटु मानिने दरबारमार्गको सडक पेटीमा गरिएको ग्रेनाइट बिछ्याउने कार्यमा। उनले भने, “दरवारमार्गको क्षेत्र नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहर हो, र यो पर्यटकीय दृष्टिकोणबाट पनि अत्यन्त महत्वपूर्ण स्थान राख्दछ। यस क्षेत्रको विकासमा विभिन्न क्षेत्रका व्यक्तिहरूको चासो स्वाभाविक हो।”
ढकालले उक्त निर्माणाधीन सडक पेटी दृष्टिबिहिन मैत्री नभएको विषयमा गुनासो उठाउँदै, सडक पेटीलाई काठमाडौँको मौलिकता झल्काउने, सुरक्षित, वातावरण मैत्री र दृष्टिबिहिन मैत्री बनाउने आवश्यकताको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, “दरवारमार्ग लगाएत काठमाडौँको अन्य सडक पेटीहरूको निर्माणमा स्थानीय संस्कृति र परम्परालाई ध्यानमा राख्नका साथै सबैका लागि सुरक्षित र पहुँचयोग्य बनाउनु पर्छ।”
सांसद ढकालले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सम्माननीय सभामुख मार्फत अनुरोध गर्नुभएको छ।