Sunday, February 23, 2025
घरसमाचारभ्रष्टाचार र कुशासनविरुद्ध राष्ट्रिय मातृभूमि पार्टीको झाडुकुचो

भ्रष्टाचार र कुशासनविरुद्ध राष्ट्रिय मातृभूमि पार्टीको झाडुकुचो

११ फागुन, काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो पहिलो पार्टी स्थापना दिवसको अवसरमा भ्रष्टाचार र बेथितिविरुद्ध झाडुकुचो कार्य्रक्रम गरेको छ । पार्टीले शान्ति शनिबार शान्तिवाटिकामा झाडुकुचो लगाएको हो ।

उनीहरुले ‘भ्रष्ट संसदीय व्यवस्था खारेज गर, घटा सरकार इन्धनको कर, तुरुन्त मंहगी नियन्त्रण गर, झाडुकुचो लाउछौं, भ्रष्टाचारी बढार्छौं, , कुशासन र भ्रष्टाचारको विरोध गरौं, सुशासन र सदाचार कायम गरौं, पूर्ण समामनुपातिक निर्वाचन प्रणाली लागू गर’ लगायत नारासहितका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

उनीहरुले नेपालको नक्साभित्र कुशासन र भ्रष्टाचार लेखी झाडुकुचो लगाएका हुन् ।

पार्टी अध्यक्ष रामशरण पाण्डे, वरिष्ठ नेता तथा वरिष्ठ क्याप्टेन केवी.लिम्बु, उपाध्यक्ष (अर्थविद्) टुलराज बस्याल, महासचिव गोविन्द गिरी लगायतले सम्पत्ति सुद्धीकरण अपराध र त्यसबाट सम्पत्ति आर्जन गर्ने क्रियाकलापको स्थिति भयावह अनियन्त्रित भएकोले नेपाल जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) मा परेको र त्यसको कारक तत्व भ्रष्टाचार र कुशासन रहेको धारणा राखेका थिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -