Saturday, February 22, 2025
घरसमाचारप्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक




 रुपन्देही । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५ गते देखि चैत १६ सम्म गते देखी लुम्बिनी प्रदेशको दाङमा रहेको लमही क्रिकेट मैदान, रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमामा रहेको एक्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने भएको हो । 

 क्रिकेट एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँ बाहिर क्रिकेटका लागि भौतिक पूर्वाधारले सम्पन्न प्रदेशको रूपमा लुम्बिनी प्रदेश भएको कारणले गर्दा लुम्बिनी प्रदेश उपयुक्त रहेको जानकारी दिनुभयो । यस पटक  बताउनुभयो।  चन्दले ७ प्रदेश र ३ विभागीय गरी जम्मा १० टिमको सहभागिता रहने जानकारी दिनुभयो ।  चन्दले भन्नुभयो, “रुपन्देही जिल्ला क्रिकेटको उर्वरा भूमिको रूपमा रहेको छ, यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल गराउने हाम्रो लक्ष रहेको छ, हामी त्यसका लागि पहल गरिरहेका छौ । १६ खेल रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला, १५ खेल एक्ट्राटेक ओभल र १४ खेल देउखुरी क्रिकेट स्टेडियम हुनेछ ।  

 त्यस्तै रुपन्देही क्रिकेट सङ्घको अध्यक्ष हरि बहादुर थापाले  आगामी खेलका लागि मैदानको तयारी र पूर्वाधार निर्माणमा लागि परेको बताउनुभयो ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब, ए पि अफ र आर्मी रहेका छन् । सिद्धार्थ क्रिकेट रङ्गशालामा कोशी  र लुम्बिनी बिच हुनेछ त्यस्तै एक्ट्राटेक ओभलमा बाग्मती र  ए पि अफ बिच हुनेछ भने लमहीमा कर्णाली र सुदूरपश्चिम बिच पहिलो खेल हुनेछ । 

 विगतका वर्षमा जस्तै यो वर्ष पनि तीव्रताका साथ व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिनुभयो।  रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा गत वर्ष प्रधानमन्त्री कपको आयोजना भएको थियो । लमही क्रिकेट मैदान र एक्ट्राटेक ओभलमा क्रिकेट स्टेडियममा भने पहिलो पटक हुन लागेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -