Saturday, February 22, 2025
घरसमाचारई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु, भालोरेन्टमा फाइनल समीकरण तय

ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप सुरु, भालोरेन्टमा फाइनल समीकरण तय

८ फागुन, काठमाडौं । ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

कुल ६ विधा समावेश गरिएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन गरे ।

सो अवसरमा राखेप सदस्य सचिव घिसिङले ई-स्पोर्ट्समा उत्साहजनक रुपमा प्रतियोगिताले नयाँ कोशेढुंगा कायम गरेको बताए । करिब १२ हजार खेलाडी अनलाइनबाट दर्ता भएर प्रतियोगिता खेल्नु खेलकुदमा नयाँ अध्यायको सुरुवात भएको सदस्य सचिव घिसिङको भनाई थियो ।

बिहीबार राखेप कभर्डहलमा सुरु प्रतियोगिताको पहिलो दिन भ्यालोरेन्टका खेल सञ्चालन भएका छन् । जसबाट फाइनल समिकरण तय भएको छ । भौतिक रुपमा प्रतिस्पर्धा पछि नो टक वन्ली किल र काल्म डाउन फाइनल प्रवेश गरेका छन् ।

अब शुक्रबार र शनिबार इ फुटबल, डोटा टू, पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र कस प्लेका खेलहरु हुनेछन् । नेपाल प्लेजको व्यवस्थापनमा सञ्चालन भइरहेको यस प्रतियोगिताको कूल पुरस्कार राशी २५ लाख रहेको छ ।

खेलसँगै दर्शकका लागि अन्य विभिन्न कार्यक्रम पनि राखिएको छ । खेल हेर्न आउने दर्शकका लागि सांगितिक प्रस्तुतिसँगै फुड स्टलहरु, फन गेम्स र मनोरञ्जनात्मक क्रियाकलापलाई राखिएको छ ।

संघका अध्यक्ष अन्जन धमलाले ई-स्पोर्ट्स खेलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर नीजि क्षेत्रलाई जोडेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले निजी तथा सरकारी क्षेत्रको सहयोगबाट यस खेलले अन्तराष्ट्रिय जगतमा राम्रो नतिजा दिने बताए ।

कार्यक्रममा राखेप कार्यकारी बोर्ड सदस्य सुवर्णकेशरी श्रेष्ठ सहित बोर्ड सदस्यहरु, विभिन्न संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -