Thursday, February 13, 2025
घरसमाचारविद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमै राख्न अनुमति

विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमै राख्न अनुमति

३० माघ, पोखरा । जिस्क्याएको तथा हल्ला गरेको भन्दै ४ जना बालकको गालामा तातो पन्युले डाम्ने शिक्षकलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका तथा लेखापाल सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गाला डामेको आरोपमा पक्राउ परेकी हुन् ।

बालबालिकाविरुद्धको कसुरमा उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख तथा इन्स्पेक्टर पोषण थापाले जानकारी दिए ।

विद्यार्थीको गालामा तातो पन्युले डाम्ने सुष्मा विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठको छोरी हुन् । उनले आफूलाई जिस्क्याएको र कक्षामा होहल्ला गरेको भन्दै तातो पन्युले गाला डामिदिएकी थिइन् ।

विद्यार्थीका अभिभावकले सुष्माविरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धानका लागि प्रहरीले म्याद थपेको हो ।

आफ्नो प्रिन्सिपल बुवाको अनुपस्थितिमा विद्यालयको कमाण्ड सम्हालेकी श्रेष्ठले विद्यालयमै पन्यु ल्याएर ताता बनाएर ४ जना विद्यार्थीको गाला डामेकी छन् ।

१० वर्ष उमेर समूहका ४ जना बालकलाई विद्यालयभित्रै बर्बर यातना दिइएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -