रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि सबै दलको सामूहिक आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै उहाँले वर्तमान सरकारको राम्रो कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
गुटबन्दी त्यागेर पार्टी हितमा लाग्नुपर्नेमा जोड दिनुहुँदै महामन्त्री थापाले सङ्कटको बेला आफ्नो जिम्मेवारी वहन गर्न र पार्टी सङ्गठनलाई चलायमान बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।