३० माघ, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने भएको छ ।
श्रीलंकामा भएको दुई टेस्ट खेलमा जित निकाल्न अस्ट्रेलियाका लागि २८ वर्षीय कुहनेमानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ इनिङमा सर्वाधिक १६ विकेट लिएका थिए ।
उनी बुधबारदेखि सुरू हुने श्रीलंकाविरूद्धको एकदिवसीय शृंखला तथा अस्ट्रेलियाको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा पनि परेका छन् । बलिङ एक्सन अवैध ठहरिए उनी च्याम्पियन्स ट्रफीमा बलिङ गर्न पाउने छैनन् ।
बलिङ एक्सन शंकस्पद ठहरिएसँगै छानविन नसकिँदासम्मलाई उनले अब अन्तर्राष्ट्रिय खेलहरूमा बलिङ् गर्न पाउने छैनन् । घरेलु क्रिकेटमा भने उनीमाथि प्रतिबन्ध हुने छैन ।
उनको बलिङ एक्सन वैध छ कि छैन भनेर निर्धारण गर्न तीन हप्ता भित्र अनिवार्य परीक्षण गर्नुपर्नेछ। एक बायोमेकानिस्टले स्पिनरको एक्सनको विश्लेषण गर्नेछन् र निष्कर्षहरू आईसीसीलाई दिनेछन्।